काठमाडौं। राजपा नेपाल र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रमा ११ संरचना राख्ने व्यवस्था गरेको छ । शीर्ष नेताको व्यवस्थापनका लागि धेरै संरचनाको व्यवस्था गरिएको एक नेताले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शीर्ष नेताहरूले दुवै पार्टीबाट दुई–दुईजनाको प्रतिनीधित्व रहेको चारसदस्यीय विधान तथा मस्यौदा कार्यदल बनाएका थिए । राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको त्यही कार्यदलले विधान र घोषणापत्रको पहिलो मस्यौदा बनाएर शीर्ष नेतालाई बुझाएको हो ।
प्रारम्भिक मस्यौदामा केन्द्रमा राष्ट्रिय महाधिवेशन समिति, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहेने व्यवस्था गरिएको छ ।
शीर्ष नेताहरूको सुझावअनुसार विधान र घोषणापत्रको प्रारम्भिक मस्यौदामा हेरफेर पनि हुनसक्ने कार्यदलमा रहेका नेताहरू बताउँछन् । ‘यो अन्तिम मस्यौदा होइन, हामीले अध्ययन र सुझाबका लागि दुवैतिरका शीर्ष नेताहरूलाई दिएका छौँ,’ कार्यदल सदस्य कर्णले भने । शीर्ष नेताहरूले अध्ययन र पार्टीमा छलफल गरेर सुझाबसहित पुनः समितिलाई दिने उनको भनाइ छ । त्यसपछि मात्रै कार्यदलले अन्तिम रूप दिनेछ ।
जसपा नेताहरू निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक तयारीमा पनि जुटिरहेका छन् । १० वैशाखमा एकीकरण भएका दुवै दलका नेताहरूले ११ वैशाखमा निर्वाचन आयोगमा लिखित जानकारी गराएका थिए ।
लकडाउनका कारण आवश्यक कागजात पूरा नहुँदा दल दर्ता भएको छैन । निर्वाचन आयोगको कानुनअनुसार २५ जेठभित्र एकीकृत पार्टी दर्ता गर्ने उनीहरूको तयारी छ । त्यसैका लागि अहिले विधान र घोषणापत्रमा काम भइरहेको नेता कर्णले बताए ।
एकीकरणपत्रमा हस्ताक्षर गरेका आठ नेताकै निर्देशनमा काम भइरहेको नेता राजेन्द्र श्रेष्ठले बताए । ‘उहाँहरूले विधान र घोषणापत्रबारे कसरी थप निर्देशन दिनुहुन्छ, त्यसमै भर पर्छ,’ उनले भने ।
एकीकृत दल दर्ताका लागि निर्वाचन आयोगमा नयाँ पार्टीको विधान, घोषणापत्रसहित नयाँ पार्टीको कार्यसमिति र पुरानो पार्टीहरूको केन्द्रीय समितिहरूको निर्णय पेस गर्नुपर्छ । अहिले विधान, घोषणापत्रसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारणी समिति बनाएर दल दर्ता गर्ने तयारी गरिएको छ ।
कार्यकारणी समितिमा रहने ५१ सदस्यको नाम टुंगो लगाउन पनि आठै नेता गृहकार्य गरिरहेका छन् । लकडाउनले बैठक बसाल्न अप्ठ्यारो भइरहेको जसपा नेताहरूले बताएका छन् । उनीहरू लकडाउन खुकुलो हुने समयको पर्खाइमा छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: