चन्द्रौटा । कोभिड –१९ का कारण लकडाउन हुँदा भारतका विभिन्न स्थानमा रोजगारीका लागि पुगेका स्वदेश फर्कने नेपालीको संख्या कपिलवस्तुको नेपाल–भारत सीमा क्षेत्र दशगजामा बढेको छ । भारत सरकारले लकडाउन केही खुकुलो बनाएपछि विभिन्न स्थानमा रोजगारीमा गएका नेपालीको स्वदेश फर्कनेक्रममा दशगजा आउनेको सख्या बढेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सबैभन्दा बढी जिल्लाको सीमा नाका मर्यादपुरमा ३९४ जना सीमा क्षेत्रमा बसेका छन् । यसै गरी भिल्मीमा ३३७, कृष्णनगरमा ३३३, हरदौनामा २८८ र चाकरचौडामा १५० जना छन् । यस्तै हथिहवा र विजयनगरमा १६० नेपाली दशगजामै बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
सीमा क्षेत्रको दशगजा क्षेत्रमा बसेका उनीहरुको स्वास्थ्य परीक्षण गरेर ल्याउने, क्वारेन्टाइन राख्ने वा भारतकै क्वारेन्टाइनमा पठाउने भन्नेमा छलफल भइरहेको प्रशासनको भनाइ छ । यस विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएकाले के गर्ने भन्ने निर्णय गर्न नसकिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । “अहिलेसम्म कुनै निर्णय आएको छैन, निर्णय आउनासाथ हामी व्यवस्थापन गर्छौँ”, पौडेलले भने, “अहिले कतिपय नजीकैको स्थातीय तहले खानाको व्यवस्था गरेका छन् ।”
भारतका विभिन्न ठाउँमा रोजगारी गरेर फर्केनेको संख्या दिनप्रतिदिन बढेको सशस्त्र प्र्रहरी उपरीक्षक जनक पुरीले बताए । “एकातर्फ सीमा सुरक्षा दिन चुनौती छ, त्यसमा रातको समयमा बढी आउने गर्छन्”, पुरीले भने,“जंगलको क्षेत्रमा केही जटिल छ ।”
सीमा क्षेत्रमा पाल टाँगेर बसेका नेपालीले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । केही व्यक्ति राति लुकेर नेपाल प्रवेश गरे पनि आफूहरुले भने सरकारको निर्देशन पर्खेको मर्यादपुर दशगजा क्षेत्रमा रहेका भिखु पासीले बताए । “राति शीत पर्छ, जाडो हुन्छ, खान पाइँदैन, शौचालय जाँदा दुवै देशका सुरक्षाकर्मीले भाग्न लागेको भनेर गोली हान्छन् कि भन्ने डर लाग्छ”, उनले भने, “हामीलाई सरकारले छिटो व्यवस्थापन गर्न जरुरी छ, स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिनुपर्छ ।”
सीमा क्षेत्रमा नागरिकको अवस्था जटिल रहेकाले क्वारेन्टाइनको व्यवस्था गरेर प्रवेश गर्न दिनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउन सरकारले कदम चाल्नुपर्ने शाहको भनाइ छ ।
कपिलवस्तुमा पाँच कोराना संक्रमित भेटिएपछि लकडाउनलाई थप कडाइ गरिएको छ । भारतबाट लुकिछिपी आउनेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न थालेका छन् । भारतबाट कपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ नागरिकलाई शनिबार क्वारेन्टाइनमा राखिएको छ । उनीहरुका लागि गाउँपालिकाले पाँच क्वारेन्टाइन बनाई व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: