डोटी । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ ।
गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका दुई हजार ४४४ को कोरोना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने “किट सकिएको छ, भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण गर्न सकेका छैनौँ, किट नआउँदा परीक्षणको काम बन्द भएको छ ।”
जिल्लामा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि बन्द भएको छ । पिसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताए । उनले भने, “हामीसँग कोरोना परीक्षण गर्ने किट सकिएको छ, माग गरेका छौँ, किट नहुँदा कोरोना परीक्षणको काम रोकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसीआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । तर आवश्यक सामग्री तथा किट नहुँदा हाल कैलालीमा मात्रै पिसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।
कोरोना परीक्षण गर्ने किट नभएका कारण भारतबाट आएका स्थानीयवासीको रोगको अवस्थाका बारेमा अहिलेसम्म बुझ्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना परीक्षण नगरिएकाहरु निर्वाधरूपमा गाउँघरमा घुमिरहेका कारण स्थानीयवासीमा यकिन जानकारी नहुँदा शङ्का उत्पन्न हुन थालेको बोगटान फुड्सिल गाउँपालिकाका हर्कबहादुर बोहराले बताए । उनले भने, “भारतबाट आएकाहरु गाउँमा घुमिरहेका छन्, कोरोना परीक्षण भएको छैन, कसैमा कोरोना भए सबैलाई समस्या हुन्छ ।”
किट अभावमा सङ्क्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षण हुनसकेको छैन । भारतबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन राखेर घर पठाए पनि किट अभावमा उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुनसकेको छैन । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसीआर र आरडिटीबाट हालसम्म १७ हजार ५२४ को कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा अहिलेसम्म तीन हजार ३७४ जना राखिएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमभरि हालसम्म दुई हजार ९२३ जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पाँच जनाको पोजेटिभ र बाँकी अन्य सबैको नतिजा नेगेटिभ आएको छ ।
सङ्क्रमित पाँचमध्ये चार निको भएर घर फर्किसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । पछिल्लो समय जिल्लामा आरडिटी किटको अभाव भएपछि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । उनले भने, “प्रदेश सरकारसँग किट माग गरेका छौँ, त्यहाँ पनि किट अभाव भएको रहेछ, केही दिनमा आउने जानकारी पाएका छौँ ।” कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो । तर किट अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: