काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वका कयौं देशको अर्थव्यवस्था संकटमा पुगेको छ । तर, यहि बीच यस्ता व्यक्ति पनि भेटिएका छन् जसको आम्दानी भने कोरोना महामारी आएसँगै आकाश छुने गरि बढेको छ । साथै उनलाई नयाँ पहिचान पनि मिलेको छ ।
अहिले उनको नाम फोर्सको अर्बपतिको सूचीमा पहिलोपटक दर्ज भएको छ । कोरोनाले चम्किएका उनी अरु कोही नभएर भिडियो कन्फ्रेन्स एप ‘जूम’का सिइओ एरिक युआन हुन् ।
अहिले पुरै विश्व कोरोना भाइरसबाट संकटमा छ र मानिसहरु घरमै थुनिएका छन् । कतिपय बेरोजगार भएका छन् भने कतिपयले घरबाटै काम गरिरहेका छन् । यस्तोमा आएको जुम सफ्टवयर निकै कामकाजी बन्न पुगेको छ । धेरै कार्यालयहरुलाई आफ्ना कर्मचारीसँग सिधा कुराकानी गर्न यो एप अत्यन्त्यै प्रभावकारी बन्न पुग्यो । धेरै एप्सहरुको बीचमा जुम निकै पपुलर बन्न पुग्यो । जसबाट एरिकलाई पनि आश्चर्य नै पार्ने गरि लाभ मिल्यो ।
अहिले फोर्सको सूचीमा एरिकको नाम २९३ स्थानमा पुगेको छ । फोर्सका अनुसार उनको सम्पत्ति अहिले ४८.४४ करोड डलर पुगेको छ ।
कसरी एरिकमा आयो ‘जूम’ बनाउने योजना ?
चीनको सान्दोङ्गमा जन्मिएका एरिकले चाईना युनिभर्सिटी अफ माइनिङ्ग एण्ड टेक्नोलोजीबाट माइनिङ्ग इञ्जिनियरिङ्गमा मास्र्टस गरेका थिए । उनले १९९७ मा एक वेभेक्स नामको भिडियो कन्फ्रेन्स कम्पनीमा सफ्टवयर इन्जिनियरका रुपमा काम सुरु गरेका थिए । उनी सन् २००७ मा नै उक्त कम्पनीको प्रमुख बनेका थिए । सन् २०११ मा उनले उक्त कम्पनीलाई पनि छोडिदिएका थिए ।
जब उनले उक्त कम्पनी छोडे, उक्त समय उनकी पत्नीले केहि आफ्नै तरिकाले गर्न सल्लाह दिएकी थिइन् । त्यो सँगै उनले केहि नयाँ कामको लागि अगाडि बढेका थिए ।
केहि सञ्चारमाध्यमसँगको अन्तरवार्तामा उनले जूम सफ्टवेयर बनाउने आइडिया कलेज जीवनमा नै आएको थियो । जब उनी आफ्नो प्रेमीकासँग निकै टाढा थिए तब उनले यसको विषयमा आइडिया बनाएका थिए । तर उनले कलेज जीवनमा यस्तो गर्न पाएनन् ।
उनले जुमको सुरुवात गर्दै गर्दा सबैबाट निकै असहयोग र आलोचना मात्रै पाएका थिए । तर समयसँगै उनले बनाएको एप चर्चित बन्दै गयो । कोरोनाको सुरुवातसँगै त यो निकै चर्चित हुन पुग्यो । कोरोनाका कारण घरमै सीमित धेरै मानिसहरुले यसलाई प्रयोग गर्न थालेका छन् । एजेन्सीको सहयोगमा
प्रतिकृया लेख्नुहोस्: