एजेन्सी । यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
यूकेभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन्।
यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ।
इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्।
बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ।
तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ।
हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दा बढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन्।
कोरोनाभाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९,४२७ जना व्यक्तिले ज्यान गुमाएको बताए।
\'यो स्तरमा‘यसरी देशले ठूलो विपद् कहिल्यै नदेखेको\' उनको भनाइ थियो।
अहिल्यै अन्तर्राष्ट्रिय रूपमा तुलना गर्न नहुने उल्लेख गर्दै राबले भने, \'कुन देशले कस्तो गरिरहेको छ भन्नेबारे महामारी सकेपछि मात्रै हामीले वास्तविक नतिजा पाउन सक्छौँ र खासगरी मृत्युका सबै कारणबारे अन्तर्राष्ट्रिय तथ्याङ्क नपाएसम्म भन्न सकिँदैन।\'
क्याम्ब्रिज विश्वविद्यालयस्थित प्राध्यापक डेभिड स्पिगलहाल्टर कुनै पनि देशले महामारीलाई लिएर राम्रो नगरेको दाबी गर्छन्।
उनी भन्छन्, \'हामीले यो कुरा भन्न सक्छौँ कि यी कुनै पनि देशले राम्ररी गरिरहेका छैनन्, तर क्रम सङ्ख्याका आधारमा देशहरूलाई राख्नुको कुनै अर्थ छैन।\'
बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्छन्, यो बुद्धिमत्ताको क्षण हो। इटली युरोपको पहिलो हिस्सा थियो जहाँ तीव्र गतिमा सङ्क्रमण फैलियो र बिरामीले अस्पताल भरिए जसले स्तब्ध र विश्वास गर्नै नसक्ने बनायो।
तर सङ्ख्याको व्याख्या कसरी गर्ने भन्नेबारे हामी सचेत हुनुपर्छ। दुवै देशले अस्पताल र समुदायमा भएका मृत्युलाई गणना गरेका छन्।
पहिलो कुरा यूकेको जनसङ्ख्या इटलीको भन्दा केही बढी छ। जनसङ्ख्याका आधारमा तपाईँ मृतकको सङ्ख्या गणना गर्नुहुन्छ भने इटली अझै नराम्रो स्थितिमा छ।
परीक्षणका आधारमा सङ्क्रमित सङ्ख्या गणना भएका हुन् र परीक्षणको दर चाहिँ फरक छन्।
क्षेत्रगत हिसाबले हेर्दा पनि अवस्था फरक देखिन्छ। इटलीमा भएकामध्ये आधा मृत्युका घटना लोम्बार्डीमा भएको छ।
तर यूकेमा अझ बढी क्षेत्रमा फैलिएको देखिन्छ। पाँचमध्ये एउटाभन्दा पनि कम घटना लन्डनमा भएको छ जहाँको जनसङ्ख्या लोम्बार्डीको जस्तै छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: