सिड्नी । कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् ।
अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ । हाल अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कोरोनाभाइरस संक्रमितको संख्या नगण्य बराबर मात्र छ ।
तर क्यानबेरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको बताए ।
हाल जारी प्रतिबन्धहरुले हरेक साता करिब अढाई अर्ब अमेरिकी डलर बराबर नोक्सानी भइरहेको बताउँदै अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक कृयाकलापमा कमी आएको, उत्पादकत्व र उपभोगमा पनि कमी आएको जानकारी दिए ।
अस्ट्रेलियाको तथ्याँक ब्यूरोले यसै साता सार्वजनिक गरेको प्रतिबेदनमा पनि रोजगारीमा ७।५ प्रतिशत कटौती हुने उल्लेख छ । करिब एक करोड ३० लाख सक्रिय रोजगारीमध्ये झण्डै १० लाख व्यक्ति बेरोजगार हुनु परेको ब्यूरोको भनाई छ ।
सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन क्षेत्रमा झण्डै एक तिहाई व्यक्तिले रोजगारी गुमाएका छन् । कला र मनोरंजन क्षेत्रमा २७ प्रतिशत बेरोजगार भएका छन् ।
अर्थ मन्त्रालयले यसअघि कोरोनाभाइरसका कारण वर्षको मध्यमा बेरोजगारी दर १० प्रतिशत हुने अनुमान गरेको थियो । तथ्याँक ब्यूरोले पनि देशभर करिब ३१ प्रतिशत घरपरिवारको आर्थिक स्थिति कमजोर हुने आँकलन प्रस्तुत गरेको थियो ।
अस्ट्रेलियामा कोविड–१९ बाट संक्रमितको संख्या ६ हजार ८०० भन्दा बढी रहेको छ र ९६ जनाको मात्र ज्यान गएको छ । अस्ट्रेलियाका सिड्नी र मेलबोर्नमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: