Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

लकडाउनको अवधि बढेपछि सुन्तला खेतीमा जुटे युवा

पाल्पा। लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातके फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका युवा सुन्तला, कागती र जुनार खेतीमा जुटेका हुन् ।

जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका युवा अहिले ग्रामीण क्षेत्रमा फर्केर सुन्तला, कागती, जुनारलगायत फलफूल खेती गर्न व्यस्त देखिएका छन् । रैनादेवी छहरा गाउँपालिका– ४, छहराका कमल घिमिरे असारसाउनमा रोपिने सुन्तला अहिले नै रोपिएको बताउछन् । उनका अनुसार लकडाउन अवधिमा ६ सय सुन्तलाका बिरुवा रोपिएको छ । यस वर्ष वैशाखमा राम्रो वर्षा हुनाले पनि समय अगावै बिरुवा रोप्न अनुकूल भएको उनी बताउछन् । वर्षा हुँदा किसानलाई खेती गर्न सहज भएको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोलाका समर सुनार सुनचाँदी व्यवसायी हुन् । लकडाउनका कारण उकको सुनचाँदीको कारोवार बन्द छ । यस अवधिमा उनले सुन्तलाका बिरुवा रोप्न ५० भन्दा बढी खाल्डा खनेका छन् । उनी सुन्तलाको बिरुवा रोपेर आगामी वर्ष उत्पादन बढाउने योजनामा छन्। चैतवैशाख सुन्तला खेतीका लागि खाल्डा खन्ने र खाल्डामा मलको व्यवस्थापन गर्ने समय हो ।

रैनादेवी– ५, मुझुङका नारायणबहादुर दर्नाल जिल्ला सदरमुकाम तानसेनमा सिलाइ व्यवसाय गर्नुहुन्छ । लकडाउनको समय बढ्दै गएपछि उहाँले पनि अहिले नै ५० सुन्तलाका बिरुवा रोप्नका लागि खाल्डो खनेका छन् । उनी यस वर्ष लकडाउनका कारण सिलाइ व्यवसायबाट राम्रो आम्दानी हुन नहुने भएपछि आगामी वर्ष सुन्तला खेतीबाट प्रशस्त आम्दानी गर्न सकिनेमा ढुक्क छन्।

जिल्लाका सुन्तला मुख्य क्षेत्रका रुपमा परिचित रिब्दीकोट, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका किसानले एक सयदेखि हजारसम्मका सुन्तला रोपणका खाल्डा खनेर लकडाउनलाई अवसरका रुपमा बदलेका छन् । आगामी चारपाँच वर्षमा सुन्तला तथा कागती उत्पादन बढ्ने देखिएको किसानको जिकिर छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending