कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ तथा विकास समितिका सभापतिसँग सोमबार भिडियो कन्फरेन्समार्फत छलफल गरेको छ ।
छलफलमा सातै प्रदेशका सभापतिले कोरोना रोकथाम र नियन्त्रणका लागि ७७ वटै जिल्लामा कोरोना भाइरसको स्वाब परीक्षणको व्यवस्था मिलाउन सङ्घीय सरकारलाई सुझाव दिने निर्णय गरिएको छ । सरकारले बेलैमा गरेको बन्दाबन्दीका कारण कोरोना अन्य मुलुकमा जस्तो फैलिन नपाएको भन्दै छलफलले आगामी दिनमा यसको तरिका परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
त्यस्तै छलफलले बजेट निर्माणमा समितिको भूमिका बढाउनुपर्ने, प्रि–बजेट छलफललाई प्रभावकारी बनाउनुपर्ने, प्रदेशको आफ्नो स्रोत बढाउन राजश्व सङ्कलनको दायरा बढाउन प्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । समितिले सावर्जनिक खरिद ऐन परिमार्जन गर्न सरकारलाई सुझाव दिँदै सरकारले बजेट निर्माण गर्दा नै स्पष्ट शीर्षक खुलाउनुपर्ने, आगामी बजेट जनस्वास्थ्य, कृषि, उद्योगतर्फ केन्द्रित गराउन पहल गर्ने निर्णय गरेको गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जानकारी दिए ।
उनका अनुसार कन्फरेन्समा खाद्यान्न अभाव हुन नदिन कामका लागि खाद्यान्न कार्यक्रम ल्याउनुपर्ने, विकास निर्माणका लागि खाद्यान्नजस्ता कार्यक्रम ल्याउन आवश्यक रहेकोबारे छलफल गरिएको थियो । बजेट वितरणमुखी नभएर परिणाममुखी बनाउन समितिले जोड दिने निर्णय गरेको छ ।
समय अनुकूल बन्दाबन्दी परिवर्तन गनुपर्ने भन्दै कोइरालाले अहिले नैै सम्पन्न नगर्दा ठूलो क्षति हुने विकासका योजना सुरक्षाविधि अपनाएर सञ्चालन गर्नुपर्ने बताए । उनले कोरोनाले समस्या मात्रै नभएर कृषिमा आत्मनिर्भर बन्नका लागि पनि अवसर जुटाएको बताए । आगामी दिनमा पनि भिडियो कन्फरेन्सलाई निरन्तरता दिने बताउँदै उनले यसबाट सातै प्रदेशमा समितिले अझ प्रभावकारीरूपमा काम गर्न सक्ने विश्वास व्यक्त गरे ।
समितिका सभापतिहरू प्रदेश नं १ का मोहन खड्का, प्रदेश २ का मनिष सुमन, वाग्मती प्रदेशका सरेश नेपाल, गण्डकी प्रदेशका कोइराला, प्रदेश नं ५ का दधिराम न्यौपाने, कर्णाली प्रदेशका अमरबहादुर थापा र सुदूरपश्चिम प्रदेशका हर्कबहादुर कुँवर तथा सचिवालयका कर्मचारीको सहभागिता रहेको छलफलमा समितिको सङ्गठानात्मक स्वरुप, प्रमुख उपलब्धिलगायतका बारेमा समेत छलफल भएको समितिले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: