उडिसा । क्यारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको उडिसा प्रदेशले थप कडाइ गर्न लागेको छ ।
उडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरुलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।
उनले सोमबार भने, “देशका विभिन्न ठाउँबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको र उनीहरूले क्यारेन्टाइनसम्वन्धी नियमहरू कडासाथ पालना गर्नु पर्नेछ ।”
उनले क्वारेन्टाइनसम्वन्धी नियमलाई पूर्ण रुपमा पालना नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलावद्ध रूपमा उनले लेखेका छन्, “उडिसाका नागरिक विभिन्न राज्यबाट यहाँ आउनु भएको छ, अहिले तपाईंहरू क्वारेन्टानमा बस्नु भएको छ, त्यहाँ बस्दा क्वारेन्टाइनसम्वन्धी नियम कडाईसाथ पालना गर्नुहोला ।”
कोरोनाभाइरसको सङ्क्रमण उडिसामा अहिलेसम्म नियन्त्रित अवस्थामै रहेकाले क्यारेन्टाइनमा बसेकाहरुले राम्रोसँग नियम कार्यान्वयन गरेमा थप फैलिन नपाउने विश्वास पनि उहाँले व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पटनायकले अगाडि लेखेका छन्, “तपाईहरूले आफ्नो जीवन रक्षा र परिवारका लागि पनि क्वारेन्टाइनसम्वन्धी नियमहरुलाई कडाईका साथ पालना गर्नुपर्दछ ।
क्वारेन्टाइनको नियम पालना नगर्ने वा उल्लङ्घन गर्नेहरुका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन सार्वजनिक अपिल पनि उनले गरेका छन् ।
सरकारको आग्रहलाई वेवास्ता गरी नियम उल्लङ्घन गर्नेलाई सरकारले माफी दिन नसक्ने र कडा कारबाही गर्ने उनले चेतावनी दिएका छन्।
उडिसाको अवस्था अहिलेसम्म नियन्त्रित नै रहेकाले दशौँ लाख मानिसहरुले दिउसो र बेलुका काम गर्न पाएको पनि मुख्यमन्त्री पटनायकले उल्लेख गरेका छन् ।
उनले एक जनाले पनि लापर्वाही गर्दा अरु धेरैलाई असर पर्ने तर्फ पनि सवैको ध्यानाकर्षण गराएका छन् ।
आफ्नो राज्यका नागरिकको जीवन रक्षाका लागि सरकारले यससम्बन्धी सवै नियमलाई कडाइका साथ कार्यान्वयन गराउने अठोट उनले व्यक्त गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: