Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

कञ्चनपुरका ४३ योजनालाई काम गर्ने प्रशासनको अनुमति

कञ्चनपुर । कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिनयता साना, मझौला र ठूला आयोजनाको काम गर्न दिइने अनुमति दिएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल योजना, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिइएको जानकारी दिए । “निर्माणस्थलमा सामाजिक दूरी, मजदुरको सुरक्षा सतर्कतालगायत विषयमा समेत अनुगमन गरिनेछ”, उनले भने, “केही समयअघि क्वारेन्टाइनबाट ल्याएर २९ जना भारतीय मजदुरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।”

यता निर्माण व्यवसायीले भने काम गर्ने अनुमति दिए पनि निर्माण सामग्री अभाव रहेको बताएका छन् । “बजार नहुँदा कामले गति लिन सक्ने अवस्था छैन”, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका सचिव योगेन्द्र ठकुराठीले भने, “गिट्टी र बालुवाले मात्रै काम हुने कुरो भएन ।” निर्माण सामग्री बजारमा नहुनुुका साथै भारतीय बजारबाट विगतमा आउने गरेको उनको भनाइ छ । “सरकारले खोले पनि बजारलाई खुकुलो बनाउने विषयमा पनि पहल गर्नुपर्छ”, उनले भने, “अहिले ठेकेदारहरु आफूसित स्टक भएको सामान प्रयोग गरेर काम गर्दैछन् ।”

सरकारले लकडाउनका बेला ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदुरको दैनिक नियमित ज्वरो मापन गर्नुपर्ने, सुरक्षा सावधानी अपनाउनुपर्ने र निर्माणस्थलमा एम्बुलेन्स सेवासमेत व्यवस्था गर्नुपर्नेलगायतको मापदण्ड जारी गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies