Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्रबीच झडप, कम्तीमा नौ जनाको मृत्यु

श्रीनगर । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् ।

तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले उक्त कदमको विरोध गर्दैै आएको छ । अर्ध–स्वायत्त व्यवस्थालाई हटाउने सरकारको निर्णयको काश्मिरी नागरिकको एउटा समूहले विरोध गर्दै आएको छ । काश्मिरमा सक्रिय कतिपय समूहलाई भारतले आतङ्कवादीको संज्ञा दिदै आएको छ । भारत र पाकिस्तान दुई अलग मुलुक बनेसँगै विभाजित त्यहाँको समाजका कारण उक्त क्षेत्रमा हजारौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

“पाकिस्तानसँगको सीमाक्षेत्र नजिक रहेको चङ्गीमुलमा भएको भिडन्तमा दुई अधिकृतसहित चार सैनिक, एक विद्रोही विरूद्ध तैनाथ विशेष प्रहरी दस्ताका जवान र दुई विद्रोहीको मृत्यु भएको छ,” भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस कालियाले बताउनुभयो ।

सुरक्षाकर्मीले काश्मिरको उक्त वस्तीमा रहेको एक घरमा खानतलासी गर्ने क्रममा विद्रोही लडाकूले व्यापकरूपमा गोली चलाएपछि भएको झडपमा उनीहरूको मृत्यु भएको सैनिक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेनाको विज्ञप्तिमा एक जना प्रहरी अधिकारीसहित ती मानिसहरू उक्त घरमा किन बसेका थिए भन्ने खुलाइएको छैन । तर एक प्रहरीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, “खानतलासीका क्रममा त्यहाँ पुगेको सुरक्षाकर्मी धरापमा परेको थियो ।”

यो घटना दक्षिणी काश्मिरको पालवामा क्षेत्रमा शनिबार ‘छोटो झडप’मा दुई सन्दिग्ध लडाकू सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएको २४ घण्टाभित्र भएको ती प्रहरीले बताए ।

यस वर्ष काश्मिरमा ५४ विद्रोहीको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ भने त्यसमध्ये ३० जना भारतमा बन्दाबन्दी शुरू भएको दिनदेखि आइतबारसम्ममा मारिएका एएफपीले सूचना पाएको छ ।

गत महिनाको शुरूमा पनि काश्मिर उपत्यकाभित्र करिब दुई दिनको झडपमा कम्तीमा पाँच सैनिक र नौँ विद्रोहीको मृत्यु भएको थियो ।

भारत प्रशासित काश्मिरमा पाकिस्तानद्वारा विद्रोहीलाई हतियार उपलब्ध गराई सैन्य गतिविधि सञ्चालन गरी अशान्त बनाएको भारतीय दावी रहेको छ भने इश्लामावादले यसको खण्डन गर्दै आएको छ । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending