डोटी । कोभिड–१९ को सङ्क्रमण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय सङ्घसंस्थाद्वारा सञ्चालित एटिएम सेवा लामो समयदेखि बन्द भएका कारण सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेका राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनसिसी बैंकले एटिएम सेवा सञ्चालन गरेको भए पनि लकडाउनका कारण अधिकांश बैंकका एटिएम बन्द भएपछि सेवाग्राहीलाई समस्या हुँदै आएको दिपायलका स्थानीय उत्तम द्वारियाले बताए। उनले भने, “लकडाउनले बैंक खुल्ने कुरो भएन, एटिएमसेमत बन्द भएपछि निकै समस्या भएको छ ।”
जिल्लामा निजी तथा सरकारी गरी एक दजर्नभन्दा बढी बैंकहरु रहे पनि लकडाउनका कारण यहाँका बैंक कर्मचारीले सेवाग्राहीलाई सेवा दिन सकेका छैनन् । बैंक तथा एटिएम सेवा बन्द भएपछि सामान्य औषधिलगायत अन्य सरसामान किन्नका लागि दैनिक समस्या हुँदै आएको सिलगढीका स्थानीयवासी सिद्धराज जोशीले बताए । उनले भने, “घरै अगाडि बैंक र एटिएम बुथ छन्, आफूले पैसा निकाल्न पाएको छैन, सबै बन्द छन्, पैसा नहुँदा तनाव भएको छ ।” जिल्लामा रहेका बैंक तथा एटिएम सेवा नियमित रुपमा सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा रहेका बैंक तथा एटिएम सेवा नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको बताए । उनले भने, “जताततै कोरोनाको त्रास छ, दिनभरिमा सेवा दिन नसके नि दिनमा केही घण्टा बैंकिङ सेवा र एटिएम सेवा नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिइएको छ ।”
राष्ट्रिय वाणिज्य बैंक दिपायल पिपल्लाका कर्मचारी गणेश विष्टले लकडाउनका कारण अधिकांश कर्मचारी जिल्लाबाहिर तथा गाउँमै फसेका कारण नियमित रुपमा सेवा सञ्चालन गर्न नसकेको बताए। उन भने, “लकडाउनका कारण केही कर्मचारी घरैमा रहेका कारण नियमित सेवा दिन सकेका छैनौँ, एटिएम बिग्रेको छ, मर्मत गर्ने प्राविधिक नहुँदा बन्द भएको हो ।”
यहाँका बैंकहरुमा चौबिसै घण्टा पहरेदार हुने भए पनि बैंक तथा एटिएम सेवा भने पूर्णरुपमा बन्द रहेका छन् । बैंकमा रहेका पहरेदारले एटिएम बिग्रेको र कम्प्युटरमा नेटवर्क नभएको भन्दै ग्राहक फर्काउने गरेको स्थानीयवासीको आरोप छ । बैंकले आफ्ना सेवालाई सञ्चालन नगर्दा सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै गएको दिपायल राजपुरका अर्का स्थानीयवासी अशोक सोवले गुनासो गरे । जिल्ला सदरमुकाम मात्रै नभई यहाँका ग्रामीण क्षेत्रमा रहेका बैंकसमेत बन्द रहेको सेवाग्राहीको गुनासो रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: