Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कारागारमा कोरोना भाइरसको उच्च सतर्कता, बन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक

दाङ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै कारागारमा उच्च सर्तकता अपनाइएको छ । तुलसीपुर र घोराही कारागारमा उच्चसर्तकता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् ।

कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताए । उनका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ । उनले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिए।

जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र एक महिला गरी चार बन्दी (थनुवा) र एक आश्रित (बालक) थपिएका छन् । यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९ पुरुष ३३ महिला र चार आश्रित बालबालिका छन् ।

घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सर्र्तकता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताए । कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको हो ।

“शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गर्छौ”, जेलर पाण्डेले भने । उनका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँंग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ ।

घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँंगै हाल सो कारागारमा २७६ कैदीबन्दी छन् । कारागारको क्षमता भने सत्तरी जना मात्र छ ।

दाङका नाकामा कडाइ
छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ । बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका अमिलिया, भालुबाङ, शिवखोलाातिर कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । उनका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ । एम्बुलेन्समा बिरामीसंँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending