Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बाँके र रुपन्देहीका सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य

बुटवल । रुपन्देही र बाँकेमा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेश नं ५ मा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ पुरनिहवाका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । सङ्क्रमित युवाको अहिलेसम्मको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए । उनले भने, “सङ्क्रमित युवालाई अस्पतालमा ल्याएपछि उनको अन्य स्वास्थ्य अवस्था परीक्षणपछि आइसोलेशनमा राखेर उपचार थालिएको छ ।”

सङ्क्रमित युवाको स्वाबको थप परीक्षण एक÷दुई दिनमा फेरि गरिने समेत डा थापाले जानकारी दिए । उनी पहिलेदेखि नै छारे रोगको बिरामी रहेको र नियमित औषधि सेवन गरिरहेकाले त्यसको पनि कुनै समस्या नरहेको समेत डा थापाले बताए ।

सङ्क्रमित युवक वैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर ठोठरी नाकाबाट गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका थिए । उनी गाउँमा आएको गाउँलेले थाहा पाएपछि युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय उनको स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि बुटवलस्थित आइसोलेशनमा ल्याइएको हो ।

यस्तै उनीसँगै सम्पर्कमा रहेका परिवार तथा अन्य आफन्त १० जनाको जनस्वास्थ्यको टोलीले स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको प्रदेश सरकार समाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग प्रमुख डा उमाशङ्कर चौधरीले जानकारी दिए ।

उनले सङ्क्रमित युवासँगै क्वारेन्टाइनमा रहेकाहरुमध्ये १५ जनाको पहिलो चरणमा आएको रिपोर्टमध्ये अन्य १४ र दोस्रो चरणमा अन्य १० जनाको रिपोर्ट सबै नेगेटिभ आएको डा चौधरीले जानकारी दिनुभयो । “सङ्क्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ, उनको कोरोनाका कुनै लक्षण देखिएका छैनन, नियमित खाना खाने बोलचाल सबै सामान्य रहेको छ”, उनले भने, “अब यो केशबाट कोही पनि आत्तिनुपर्ने अवस्था देखिँदैन ।”

यस्तै कोभिड–१९ बाट सङ्क्रमित बाँकेका ६० वर्षीय वृद्धको अवस्था पनि सामान्य रहेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाका अनुसार जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेशनमा राखेर उनको उपचार भइरहेको छ ।

सङ्क्रमितको अवस्था सामान्य रहेकाले कुनै ओखती दिनु नपरेको, सामान्य खाना दिने गरिएको र दुई जना चिकित्सकसहित सात जनाको स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको डा थापाले बताए । “आइसोलेशन कक्षमा आइसियु र भेन्टेलेटर पनि छ तर सङ्क्रमित वृद्धको अवस्था सामान्य रहेकाले ओखतीमूलो दिनु परेको छैन”, डा थापाले भने । उनका अनुसार, सङ्क्रमित व्यक्ति मुस्लिम समुदायको भएको र अहिले रोजाको महिनासमेत चलिरहेकाले आइसोलेशन कक्षमा उनका लागि नमाज पढ्ने व्यवस्थासमेत मिलाइएको छ ।

उक्त आइसोलेशन कक्षमा ६ वटा आइसियु, तीन भेन्टिलेटर र ४० वटा अक्सिजनसहित श्ययाको व्यवस्था गरिएको छ । सङ्क्रमितलाई घरपरिवारसँग कुराकानी गर्न सूचना प्रविधिसमेत उपलब्ध गराइएको र चिकित्सक टोलीसँग पनि बेलाबखत उनको संवाद भइरहेको डा थापाले जानकारी दिए । “हामी आवश्यकता र तोकिएको मापदण्डअनुसार सङ्क्रमितको जाँच गर्छौं । चौबिस घण्टाभित्र गरिएको दुईपटकको जाँचमा रिपोर्ट नेगेटिभ आएमा मात्र पोजिटिभमुक्त भन्न सकिन्छ”, डा थापाले भने । गत शुक्रबार बाँके नेपालगञ्ज–८ का मस्जिदका इमाम ती वृद्धको स्वाब जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि तत्काल आइसोलेशनमा राखेर उपचार शुरु गरिएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies