Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु

दमौली । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ । एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुक्लागण्डकी एफएमले तयारी कक्षा शुरु गरेको हो ।

बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए । जिल्लाका शहरी भेगमा इन्टरनेटको सहज पहुँच पुगेकाले अनलाइन प्रविधिबाट तयारी कक्षा शुरु गरिए पनि ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकाले रेडियोबाट तयारी कक्षा शुरु गरिएको उपाध्यायले बताए । “ग्रामीण भेगमा एफएम रेडियोको महत्व उत्तिकै छ, रेडियोबाट पनि तयारी कक्षा प्रभावकारी हुने अपेक्षा गरेका छौँ”, उपाध्यायले भने ।

उनका अनुसार विद्यालय बन्द भएपछि अनलाइन शिक्षणलाई मात्रै प्राथमिकता दिइए पनि गाउँ शहर जताततै सबैको पहुँचमा रेडियो रहेकाले तयारी कक्षाले एसइई दिने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । रेडियोबाट हाल पाँच वटा विषयको कक्षा सञ्चालन गरिएको छ । दिउँसो १ देखि २ बजेसम्म नेपाली र अङ्ग्रेजी, साँझ ४ देखि ५ बजेसम्म विज्ञान र साँझ ७ः३५ देखि ८ बजेसम्म सामाजिक अध्ययनको पढाइ सञ्चालन गरिएको छ ।

विज्ञान विषयमा खैरेनी माध्यमिक विद्यालयका केशवराज घिमिरे र दीपक भण्डारी, नेपाली विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका एकनारायण भण्डारी, अङ्ग्रेजी विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका शान्तकुमार श्रेष्ठ र सामाजिक अध्ययन विषयमा ज्ञान बगैँचा बोर्डिङ स्कूलका विनोद पौडेलले कक्षा लिएका छन् । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षाले घरमा रहेका विद्यार्थीलाई अध्ययन गर्ने बानीमा थप प्रोत्साहन हुने खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका विज्ञान शिक्षक केशवराज घिमिरेले बताए।

बन्दाबन्दी जारी रहेसम्म रेडियोबाट तयारी कक्षा सञ्चालन गरिने स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिए । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षा एफएमको फेसबुक पेजबाट पनि लाइभ गर्ने गरिएको छ । विसं २०७३ असोज १५ गतेदेखि प्रसारणमा आएको ५०० वाट क्षमताको रेडियोको पहुँच तनहुँसँगै स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत, पाल्पा, नवलपुर जिल्लामा रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: