पाखरा । मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गरेका छन् ।
बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उनले आफ्नाे निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गरेका हुन्। उनले मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गरेकोे बताए ।
पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उनले भने, “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।
महासङ्घद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट
कास्की– नेपाल पत्रकार महासङ्घ कास्की शाखाले फोटो पत्रकारका लागि प्रेस ज्याकेट वितरण गरेको छ । महासङ्घका जिल्ला सभापति दीपेन्द्र श्रेष्ठले आज फोटो पत्रकारका लागि महासङ्घको लोगो अङ्कित २० थान ज्याकेट फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरे । सो ज्याकेटका लागि गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङले आर्थिक सहयोग उपलव्ध गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण न्यूनीकरणका लागि जारी लकडाउनका अवधिमा समेत सक्रिय फिल्ड पत्रकारितामा क्रियाशील पत्रकारको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि पहिलो चरणमा क्रियाशील १०० जना पत्रकारलाई ज्याकेटलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
त्यसैगरी लकडाउनका कारण प्रभावित १७ पत्रकारलाई महासङ्घले यसअघि राहत सामग्री उपलव्ध गराएको थियो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा गर्ने पत्रकारका लागि पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरिएको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: