Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लालु यादवलाई कोभिड–१९ सङ्क्रमणको खतरा भन्दै छोरा तेजस्वीद्वारा ध्यानाकर्षण

पटना । राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका छन् ।

आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेख्नुभएको छ, “पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ । यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ । बहत्तर बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहेका छन् र उनलाई कोरोनाभाइरस सङ्क्रमणको अत्यधिक खतरा छ । त्यसैले उनको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ ।”

पूर्व मुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेका हुन् ।

“रिम्सको चिकित्सा विभागमा विगत तीन हप्तादेखि उपचाररत एक विरामीमा मङ्गलबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ती विरामीको उपचारमा चिकित्सक उमेशप्रसाद सम्लग्न रहेको र उनले पूर्व मुख्यमन्त्री यादवलाई पनि हेरिरहेका छन् ।”

तर रिम्स अस्पताल प्रशासनले भने लालुलाई ‘पेइङ वार्ड’मा भर्ना गरिएको बताएको छ ।

अस्पतालले थप जानकारी गराएको छ, “कोभिड–१९ सङ्क्रमित विरामी सामान्य चिकित्सा कक्षमा विगत तीन हप्तादेखि उपचाररत थिए । सबै चिकित्सक, नर्स तथा अन्य कर्मचारीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । उमेशप्रसाद र उनको कक्षका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा पठाइनेछ ।”

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मूख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचारका सन्दर्भमा वितेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending