Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

उपत्यकामा अनलाइन अर्डरबाट ८० क्विन्टल खाद्य पदार्थ बिक्री, एक लाख क्वीन्टल चामल खरीद गर्न बोलपत्र आह्वान

काठमाडौं । लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ । उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत चैत २६ गतेदेखि अनलाइन अर्डर शुरु गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो ।

यस अवधिमा काठमाडौँ उपत्यकाको चक्रपथभित्रका उपभोक्तलाई लक्ष्य गर्दै अर्डरअनुसार दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिए । उनका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार तीन प्रकारका दाल ९मुसुरो, रहर र केराउ० र पीठोसमेत बिक्रीको तयारी गरिएको उनले जानकारी दिए।

हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी पाँच स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ । त्यस्तै उपत्यका बाहिर सबै जिल्लावाट बिक्री गरिएको कम्पनीले जनाएको छ । अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिए ।


हाल कम्पनीसँग १९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । मौज्दातमा कमी भएसँगै नयाँ खरीदको प्रक्रिया शुरु हुने उहाँले जानकारी दिए । उनका अनुसार गहुँ खरीदको तयारी गरिएको छ । “लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र इसेवावाट खाद्यान्न खरीदको शुरुआत गरेका हौँ”, उनले भने “शुरुआती चरणमा रिङरोड भित्र मात्रै सेवा प्रवाह गरिए पनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौँ ।”

दोस्रो बोलपत्र आह्वान
खाद्य कम्पनीले एक लाख क्वीन्टल चामल खरीद गर्न दोस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको छ । एक महिनाको अवधि राखेर बोलपत्र आह्वान गर्दा एक जनाको पनि नपरेपछि १५ दिनको अवधि राखेर पुनः दोस्रो बोलपत्र आह्वान गरिएको कम्पनीले जनाएको छ ।
गत वैशाख १० गते दोस्रो पटक आह्वान गरिएको बोलपत्रअनुसार एक जनाको आवेदन दर्ता भएको कम्पनीका खरीद एकाइ प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । उनका अनुसार दोस्रो आह्वानको समयावधि यही वैशाख २५ गते दिउँसोसम्म छ । बोलपत्र दर्ता कम्पनी वा व्यक्तिले वैशाख २४ गते अपराह्न ५ बजेसम्म चामल खरीद गरिसक्नुपर्ने र वैशाख २५ गते मध्याह्न १२ बजेभित्र आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

उनका अनुसार कम्पनीका कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज र धनगढी, वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरिएको हो । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending