Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

रुकुमपश्चिममा क्वारेन्टाइदेखि कोरोना अस्पताल निर्माणको काम तीव्र

जाजरकोट । कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि रुकुमपश्चिमका दुई नगरपालिकाले आफ्नै क्वारेन्टाइन तथा आइसोलेसनको भवन निर्माण सम्पन्न गरेका छन् । आठविसकोट नगरपालिकाले रु ७० लाख बराबरको खर्चमा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरेको निर्मित प्रमुख प्रशासकीय प्रमुख ध्रुवप्रसाद लम्सालले जानकारी दिए । तत्काल क्वारेन्टाइनकारूपमा प्रयोग गरे पनि पछि यसलाई नगरअस्पताललाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ । क्वारेन्टाइन निर्माणका लागि विभिन्न निजी क्षेत्रहरूले व्यापक सहयोग गरेको उनको भनाइ छ ।

दश दिनभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यसहित निर्माण थालिएको क्वारेन्टाइनको काम सम्पन्न भएको हो । निर्माण सकिएको भए पनि भित्र वार्डमा अन्य कुरा मिलाउन बाँकी रहेको उनको जानकारी दिए। कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ । प्रदेश सरकारले त्यसका लागि रु ५० लाख बजेट अस्पताललाई निकासा गरेको थियो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बिरामी भर्ना गर्ने गरी निर्माण गरिएको जानकारी दिए।

चौरजहारी अस्पतालले ५० श्ययाको आइसोलेसन अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले राससलाई जानकारी दिए । यहाँका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० श्यया, चौरजहारी अस्पतालभित्रै चार श्यया तयार छन् । अस्पताल परिसरमा अरु २० श्ययाको अन्तिम काम हुँदैछ । दश दिनमा सक्नेगरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले बताए ।

त्यस्तै शीतल माविको आइसोलेसन वार्ड सञ्चालनमा आइसकेको छ । अस्पतालले उपचार, खानपिनदेखि अरु सम्पूर्ण व्यवस्थापनसमेत सोही ठाउँबाट मिलाएको उनको भनाइ छ । यहाँ शङ्कास्पद, सङ्क्रमण भएका तर लक्षण नदेखिएका तथा आफैँ औषधि खान सक्ने, हिँडडुल गर्न सक्नेलाई राखिनेछ । अबको केही दिनमा तयार हुने वार्डमा भने सलाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई राख्ने तयारी गरिएको छ । अस्पतालभित्रको वार्डमा गम्भीर अवस्थाका बिरामीलाई राखिनेछ । उक्त वार्ड २४सै घण्टा चिकित्सकको रेखदेखमा हुनेछ ।

त्यसपछि पनि बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै बिरामी सिफारिस गर्ने गरी अस्पतालले व्यवस्थापन गरेको छ । कर्णाली प्रदेश सरकारको निर्णय र निर्देशनअनुसार कामको गति बढाएको गिरीले बताए । प्रशासक गिरीले भने, “अस्पतालभित्र आइसोलेसन वार्ड थप व्यवस्थित बनाइएको छ । चार बिरामी भर्ना गरिने उक्त वार्डका लागि एउटा भवन तयार छ । बिरामी भर्ना गर्ने कोठासहित नर्सिङ स्टेशन, स्वास्थ्यकर्मी बस्ने कोठा र उपचारमा संलग्न, चिकित्सक, स्टाफ नर्स, सहयोगी सबैको क्वारेन्टाइनसमेत सोही भवनमा बनाइएका छौँ ।”

यहाँले कामको गति निकै बढाएको छ र सरोकारवालासँगको छलफललाई समेत व्यापक बनाएको भन्दै उहाँले भन्नुभयो, “तल्लो तलामा उपचारकक्ष, स्वास्थ्यकर्मीको निवास बनाइएको छ भने माथिल्लो तला निश्चित दिन बिरामीको उपचारपछि क्वारेन्टाइनका लागि तयार पारिएको छ । चार मेडिकल टिमले बिरामीको उपचार गर्ने र पालैपालो क्वारेन्टाइनमा बस्नेछन् ।”

त्यस्तै जाजरकोट स्वास्थ्य सेवा कार्यालयले ३० वार्डको आईसोलेसनसमेत तयार पारिएको छ । डोल्पा स्वास्थ्य सेवा कार्यालयले १२ श्ययाको आइसोलेसन तयार भएको बाँकी अरु पनि आवश्यकताका आधारमा थप्न सकिन स्वास्थ्य सेवा प्रमुख सिजन रावलले जानकारी दिनुभयो । सबै ठाउँमा कर्णाली प्रदेश सरकारले बजेट निकासा गरिसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies