Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नयाँ शक्तिको सन्दर्भ र वस्तुगत अवस्था

\"Shailendra_Ghimire\"बाबुराम र प्रचण्डको सम्बन्ध विच्छेदको सुझाव धेरैका लागि अप्रिय थियो र हो । यो सुझावमा जाँगर कम र निराशा बढी थियो । त्यसकारण यसलाई एक भद्दा जोक भन्दा हामी सबैमा एक सन्तुष्टि स्वभाविक रहन्थ्यो । रोगी घोडाको पिठुयुँमा चढेर अर्को दौड जितिँदैन । दौड जित्ने हो भने कि घोडाको उपचार हुनुपर्छ वा घोडा बदल्नुपर्दछ  बाबुराम प्रचण्डको घोडा सिथिल छ, उर्जाविहिन, लक्ष्य र अर्थविहिन छ । जब लक्ष्य र अर्थहरु छैनन् तब समकालीन परिवेशमा तिनीहरु हिसाबका योग्य पनि होइनन् । घोडामा को चढ्ने भन्ने लालसाको भ्रमपूर्ण बहस एमाओवादी भित्रको बहस हो । एउटा पक्ष माक्र्सवादको आधारमा उभिएको यो घोडा अरु कोही चढ्यो भने यो बुर्जुवा बाटो हुँदै दक्षिणपन्थको भीरबाट गुल्टिन्छ भन्नेमा विश्वास राख्छ । अर्कोपक्ष प्रचण्डको जुँगालाई स्टालिनको जुँगासँग दाँजेर उनीसँगको यात्रामा भातृत्वभन्दा बढी आतंक देख्छ । यो पक्षलाई लाग्छ माक्र्सवादको विकासमा बुर्जुवा सुधारवाद फुल्नुपर्दछ । बुर्जुवा वर्चस्वको आतंकबीच माक्र्सवादको सानो झ्यालबाट माक्र्सवादका खुट्टाहमा खोेट देख्छ र वुर्जुवा खुट्टाहरु जोडेको सुन्दर ऊँटले मात्र २१ औं शताब्दिको बुर्जुवासँग प्रतिस्पर्धा गर्नसक्ने सस्तो भविष्यवाणी गर्छ । यहाँ अन्तर छ । यो अन्तरले भन्छ, ‘तिमी मिल्दैनौ, मिल्न सक्दैनौं ।’
जस्तो भएपनि भ्रमपूर्ण सिद्धान्तको बेहुलो तयार छ, जन्ती आफन्त भन्दा पराई बढी नै छन् । ती जन्ती बाबुरामलाई यो घरबाट निस्केको हेर्ने उत्सव पर्खेर बसेका छन् । उनीहरु भन्छन्, ‘गोकर्ण, गगन र रविन्द्रको मायाजालयुक्त नयाँ घरमा सिद्धान्त र सपनाको खेती सपारिने छ  ।’ हवाई परिकल्पनामा आधारबिनाको नयाँघर दिन दुगुना रात चौगुना आकासिने छ । जहाँबाट हेर्दा प्रचण्ड कलन्त, टिठलाग्दा र फुच्चे देखिने छन् । यो यात्रा नहोस् तर यात्रा कसैको चाहले रोकिँदैन भने उर्जापूर्ण नयाँ राजनीतिक जाँगर चलोस्
वहसमा पुर्ननिर्माण छ, विकास छ र उन्नती छ । विकासको वर्ग हुन्छ कि हुँदैन । मोदीका नेपाली अनन्य भक्तहरुले  महाराष्ट्रको विकास देखेका छन्, अग्ला–अग्ला घर हुनु र चिल्ला फराकिला सडक हुनु हाम्रोमा विकासको परिभाषा हो । अग्ला घरको सियालमा परेका स–सान झुपडीले विकासको घाम कसरी देख्न सक्छन् हामीसँग अन्दाज छ र स्पष्ट योजना छैन । महाराष्ट्रको विकास सर्वहारा पक्षीय विकास होइन । यो केही कर्पोरेट हाउसहरुको विकास हो ।  मोदीको झण्डै डेढ दशक लामो शासन कालमा कर्पोरेट हाउसहरुले आफ्नो नाफा लागतको तुलनामा २० औं गुणा असुले । यसले मानचित्रमा गुजरात विशाल अर्थतन्त्रका रुपमा त उठ्यो नै सँगसँगै धनी र गरिवका बीचको खाडल झन् गहिरियो । आजका दिनको चिनियाँ चासोपनि यही खाडल हो । हुने र नहुनेहरुका बीचको दुरी चीनमा पनि लम्बिँदो छ । हामी विकासको कुन मोडलमा जान चाहन्छौं ? हामीभन्दा कयौं गुणा आर्थिक, बौद्धिक र सांस्कृतिक हिसाबले सम्पन्न ग्रीस सर्तको चपेटाले हकानिएर बरु युरोजोनबाट छुट्टिन तयार हुँदै कठिन निष्कर्षको नजिक पुगेको स्थितीमा हाम्रो विकासको आधार के हो ? हामी कर्मचारीलाई तलब पु¥याउने अर्थतन्त्रको विकास गर्न सकिरहेका छैनौं । यस्तोमा अनुदान र ऋणहरु माक्र्सवादी वा समाजवादी विकासको योजनामा पर्याप्त ढंगले प्राप्त गरिरहन सम्भव छ वा छैन । विकास कुनै परिकल्पना मात्र होइन यो सबल हैसियतको जगमा मात्रै उभिन सक्ने यथार्थता हो, जो हाम्रा निम्ती कठिन छ । पहिलो कुरा राजनीति नै हो । राजनीतिले विकास घिसार्ने हो । विकासले राजनीति घिसारिँदैन । एमाओवादीको घरभित्र के छ, शिर्षासनमा को छन् ? उत्तर सहज छ, प्रचण्ड बाबुराम छन् र बहस छ  । बहस तीव्र गतिमा हुँदैन । । उँधोगतिले बहस माग्छ । जितेको बेला बहस हुँदैन, हारेको बेला बहस हुन्छ । जनयुद्ध लडेको पार्टीभित्र यसका उद्देश्यको सारभन्दा परबाट बहस गर्नुको अर्थ हुँदैन । लेनिनको संगठनात्मक सिद्धान्तको घेरामा नअटेपछि कसरी पार्टी पार्टी हुन्छ । तल परेपनि माथि परेपनि वा जसरी पनि जित्न सम्भव छैन र हुँदैन । नियम भित्रबाट जित्नुपर्छ जब जसरी पनिको कुरा आउँछ स्पष्ट हो, हामी इमान्दार छैनौं । हामी इमान्दार छैनौं भने हामी माक्र्सवादी होइनौं । जब हामी माक्र्सवादी हुँदैनौं, तब कम्युनिष्ट पार्टीको झण्डाले लाज छोप्ने लालसा राख्नु भयानक बदमासी हुन्छ ।
बहस तीव्र गतिमा हुँदैन । । उँधोगतिले बहस माग्छ । जितेको बेला बहस हुँदैन, हारेको बेला बहस हुन्छ । जनयुद्ध लडेको पार्टीभित्र यसका उद्देश्यको सारभन्दा परबाट बहस गर्नुको अर्थ हुँदैन । लेनिनको संगठनात्मक सिद्धान्तको घेरामा नअटेपछि कसरी पार्टी पार्टी हुन्छ । तल परेपनि माथि परेपनि वा जसरी पनि जित्न सम्भव छैन र हुँदैन । नियम भित्रबाट जित्नुपर्छ जब जसरी पनिको कुरा आउँछ स्पष्ट हो हामी इमान्दार छैनौं ।
हो, माओको माक्र्सवादको जन्म विकास र मृत्यु हुन्छ भन्ने कुरा सही नै हो । तर यसको अर्थ के होइन भने यो मरिहाल्छ,  त्यसकारण अहिल्यै मारिदिउँ भन्नु बिल्कुल बेठिक हो । कुनै पनि दर्शन उद्देश्यमा आधारित हुन्छ । उद्देश्य प्राप्त नगरि मृत्यु हुने दर्शन, दर्शन नै होइन । जनयुद्धको उद्देश्य र बलिदानी फलामे अनुशासन, बलियो पार्टी र क्रान्तिकारी कदमसहितको गतिशील जनपक्षधरता हो । आधारका जनताको अधिकार सम्पन्नता र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा तिनको निर्णायक हस्तक्षेप हो । हामी त्यहाँ पुगेका छैनौं । त्यसमा हाम्रा कमजोरीहरुको प्रशस्ती अनिवार्य छ, तर परिवेशको गीत गाएर वा बहाना बनाएर ती प्रतिवद्धताबाट भाग्नु कायरता हो । केही पढालेखा जसले जनयुद्ध देखे तर भोगेनन् , जो आन्दोलनमा आए तर गरेनन् । तिनको डिग्री मानसिकताले राजनीतिको धरातल फेरिँदैन । राजनीतिलाई सदा गाली गर्ने र राजनीतिक अभ्यास र आचरण कहिल्यै नसिकेकाहरुको जगमा नयाँ राजनैतिक यात्रा सम्भव देख्नु दुर्घटना उन्मुख हुनु हो । तर के होइन भने, यसो नहोस् भन्ने तर परिस्थितिको र घटनाक्रमको उन्मुखता नहेर्ने मानसिकता पनि राजनैतिक मुर्खतापूर्ण मानसिकता मात्र हो । एमाओवादी नफुटोस्, त्यो विशाल र एकतावद्ध होस, प्रचण्ड र बाबुराम मिलुन्, किरण थपिउन्, मातृका, मणी र विप्लव जोडिउन्, यो नै हाम्रो उर्जा हो । तर यसको आधार तत्कालै छ वा छैन । घटनाक्रमले त्यो देखाउँदैन । बरु फेसबुके बहस संचारमाध्यमहरुमा माओवादी आन्दोलन सकिएको हेर्ने चाहना र त्यो चाहनाको वरिपरि माओवादी निल्न सक्ने कथित नयाँ शक्ति जन्माउन केन्द्रीत आडम्बरी आदर्शको बलियो दाउपेचले भन्छ, एकता र मात्रै एकता भनेर गर्व गर्न सकिने ठाउँहरु सकिँदै गएका छन् । पार्टी कार्यालयमा पटकपटक बुझाइने सुझावको लिष्टले हामीलाई सिद्धान्त र आदर्श नभएको उद्देश्य विनाको पराजितहरुको फौज बनाएको छ,  यसरी नै गोलचक्करमा सकिनु भन्दा उत्तम छ, सबैले आ–आफ्ना नयाँबाटाहरुको खोजी गरुन् । बाबुरामको नयाँ शक्तिमा हरियाली पलाएछ भने उर्जावान् कार्यकर्ताहरुलाई उनको पछि लाग्न कुनै आतंकले पनि रोक्दैन । होइन, उनलाई फेरी यो नजाने गाउँको बाटो खोजेछु भन्ने चेतना आएछ भने तिनी हाम्रै हुन् । हाम्रा भन्न डराउनै पर्दैन । तर यो मृततुल्य पार्टी जहाँ मुख चल्छ अरु चल्दैन, त्यसलाई यही हालतमा बाँधिराख्नु थप घिटघिटे बनाएर समाजको कुरीकुरीमा उत्सव मनाइरहनु उपयुक्त हुँदैन । धेरै तयारीहरु सकिएका छन् जस्तो भएपनि भ्रमपूर्ण सिद्धान्तको बेहुलो तयार छ, जन्ती आफन्त भन्दा पराई बढी नै छन् । ती जन्ती बाबुरामलाई यो घरबाट निस्केको हेर्ने उत्सव पर्खेर बसेका छन् । उनीहरु भन्छन्, ‘गोकर्ण, गगन र रविन्द्रको मायाजालयुक्त नयाँ घरमा सिद्धान्त र सपनाको खेती सपारिने छ ।’ हवाई परिकल्पनामा आधार बिनाको नयाँ घर दिन दुगुना रात चौगुन आकासिने छ । जहाँबाट हेर्दा प्रचण्ड कलन्त, टिठलाग्दा र फुच्चे देखिने छन् । यो यात्रा नहोस् तर यात्रा कसैको चाहले रोकिँदैन भने उर्जापूर्ण नयाँ राजनीतिक जाँगर चलोस्, नयाँ शक्तिको उन्नतीमा हामी घिसारिने छौं । यसको अवनतीमा जमिनी मनुवाहरुका आरोप वाक्य औषधी बनुन् । शिघ्र समिक्षा सम्भव बनाइयोस् ।  कि यहि घरमा टालो हाल्ने हिम्मत गर होइन भने ढिला नगर । अविश्वासलाई पराजित गर्दै नयाँ शक्तिलाई शक्तिशाली बनाउ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies