उदयपुर । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन्।
मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको स्वाब नमुना संकलन गरिएको थियो। त्यसपछि विराटनगरस्थित कोसी अस्पताल र काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो।
विराटनगरमा सोमबार र मंगलबार ८ जनामा कोरोना पोजिटिभ भेटिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरिएको थियो। विराटनगरमा संक्रमण पुष्टि भएकालाई उपस्थित गराएरै धरानमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो। उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्याइएको थियो।
सेनाले संकलन गरेको बाँकी तीन जनाको स्वाब भने टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। ‘प्रदेश १ मा संक्रमितको संख्या २४ पुगेको छ’, मन्त्री घिमिरेले भने, ‘सबै उदयपुरबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका हुन्।’
प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टाछुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए। काठमाडौं लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब परीक्षण भने विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो।
भुल्के क्षेत्रमा ५२ घर छन्। प्रहरीले सबै सिल गरेको छ। यस क्षेत्रमा ६ सय जनसंख्या रहेको प्रशासनको तथ्यांक छ। यसअघि मस्जिदभित्र रहेकामा मात्रै कोरोना देखिएकामा मंगलबार भने बाहिरका बासिन्दामै संक्रमण पुष्टि भएको छ। कोरोना कसरी संक्रमण भयो भनेर तनावको विषय बनेको छ।
भुल्केमा दुई जना विदेशबाट आएका युवक पनि रहेको खुलेको छ। मस्जिदमा जानेआउने गरेकाले उनीहरूबाट सरेको हो कि भन्ने आशंकामा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ। ती युवक पनि मंगलबार संक्रमण पुष्टि भएकामै पर्छन्। उनीहरूमध्ये १ जना यूएईको दुबई र अर्का भारतको दिल्लीबाट आएको बताइएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: