Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

उपेन्द्र देवकोटा डा’साब, लासमाथि सलाइन चढाएर पैसाको बण्डल लिने हजुरचाहीँ को नि ?

\"10501684_751735694905117_2444285330784744837_n\"वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाले माओवादीले जनयुद्धमा चर्चबाट पैसा लिएकाले धर्म विवादमा परेको बताउनु भएछ ।  ‘आन्दोलनताका चर्चहरुले माओवादीलाई लगानी गरे । नेपाल सायद विश्वको एक मात्र राष्ट्र होला, जहाँ चर्चको सहयोगले कम्युनिष्ट आन्दोलन सफल भयो ।’ डा. साबको तर्क थियो । स्वस्थ्य विज्ञानका यी डा. साब नेपालको कम्युनिष्ट आन्दोलनकै विश्लेषक र अध्येयता कहिलेदखि बन्नुभयो थाहा छैन । उहाँलाई हामीले न्युरोसर्जनको रुपमा चिनेका थियौं तर धार्मिक विवादको समेत सर्जरी गरेर नयाँ रहस्य पहिल्याउनु भएकोमा बधाई किन नदिने ? चिकीत्साशास्त्र एउटा विज्ञान हो । विज्ञानका पक्षपाती डा. साबले कुनै धर्मको पक्षमा बोल्नु वा विरोध गर्नुु कति उचित हो उनैले जानुन् ।  यो देशमा धर्म परिवर्तन किन भयो ? हिन्दु धार्मिक मुल्यमान्यताका पक्षपातिहरु किन अर्को धर्मतिर लागे त्यो खोजीकै विषय होला ।  भौतिक विज्ञानका डा. साबले एउटा धर्मको पक्षमा बोलेबापत के कति नाफा लिनु भो, हिसाब किताब तपाईंसँगै होला । मेरो गाउँमा तिनवटा चर्च छन् । ती चर्चहरुमा मादल हुन्थे । शनिबार संगति गर्थे । गाउँकाहरु एकै स्वरमा भजन गाउँथे । जनयुद्धका बेला माओवादीहरु पनि आउँथे । मान्छे जम्मा भएको मौकामा भाषण लाउँथे । गणतन्त्रका लागि लडेका हौं भन्थे । तिनका दर्जनौ छापामार गाउँका सामान्य घरहरुमा भन्दा चर्चहरुमा सेल्टर लिएकोसम्म मलाई थाहा छ । तर डा. साबले माओवादीले पैसाको मूठो ओसारेको देख्नुभएछ ।  शनिबार सधैं चर्चमा संगति गर्ने मेरा दाइहरुले नदेखेको दृष्य यहाँले कहाँ कुन ठाउँमा देख्नुभयो ? प्रमाण हजुरसँगै होला । हुनसक्छ, माओवादीहरु गणतन्त्रका लागि रगत बगाइरहँदा हजुर राजाको निरंकुश शासनको मन्त्री हुँदा कुनै खुफिया रिपोर्ट पाउनुभयो । नेपालको राजनीतिमा रहस्मयी घटना बनेको दरबार हत्याकाण्डमा घाइते तात्कालिन राजपरिवारको उपचारमा संलग्न तपाईले पछि भन्नुभएको थियाे, ‘ मलाई कसैले भनेको थिएन कि के भएको थियो भनेर, तर मैले यो सबै गोलीको चोटपटक हो भन्ने बुझिसकेको थिएँ । यो जसले गरेको भए पनि पूरै राजपरिवारलाई सिध्याउन खोजेको रहेछ। मेरो दिमागमा विभिन्न सम्भावनाका कुरा खेल्न थालेः सेनाले हो  ? कि माओवादीले ?’
मृत्यु कुरिरहेका कुनै विरामीले तपाईंको अस्पतालमा छिर्नुभन्दा पहिले ५ लाख देखि १० लाख रुपैँया डिपोजिट गर्नुपर्ने नियम छ । तपाईंले भनेको बैंकमा डिपोजीट नभए तपाईको आलिशान अस्पतालको ढोकामा विरामी कुहिनुपर्छ । कुरा मैले नबुझेको कि हजुरले– कुनै मान्छे विरामी हुँदा बैंक ब्यालेन्स गरेर विरामी हुन्छ र ?
तपाईं आफैले विरेन्द्रको नारी छाम्नु भएको थियो । यो घटना माओवादीले गरायो वा सेनाले ? अहिले माओवादीहरुको नारी छाम्दा तपार्ईंले चर्चले स्पोन्सर गरेको पाउनुभयो  ।  तपाईको मेडिकल साइन्सले दरबार हत्याकाण्डमा कसले स्पोन्सर गरेको रिपोर्ट निकाल्यो ? तपाईं मेडिकल क्षेत्रको एक चर्चित व्याक्ति हुनुको नाताले तपाई भनाइहरु सामान्य हुन सक्दैनन् । माओवादीले के गर्र्यो यो इतिहासमा पुष्टी हुँदै जाला । तपाईले पैसा खाएको र पैसाको प्रशंग उठाएपछि अब मलाई पनि पैसाको कुरा उठाउँ लाग्यो र उठाउँदैछु । सरकारी छात्रवृतिमा पढेर तपाईं डा. हुनु भएको छ । डा. साबले आफ्नै नीजि अस्पताल खोल्नु भएको छ ।  न्युरो अस्पताल जसको नाम हो ।  सात वर्ष अगाडी खोटाङ बाम्राङ घरभएका नेपाली सेनाका  क्याप्टेन शिबराज राइले तपाईंकै अस्पतालमा ज्यान गुमाए । शल्यक्रिया भएको सातौं दिनसम्म आफन्त कसैले भेट्न पाएनन् । आफन्तलाई सातौं दिनमा मृत्युको खबर दिनुभयो । शोकमा डुबेकाहरु अस्पतालमा जिज्ञासा राख्न जाँदा तपार्इंले प्रहरी बोलाएर कुटाउनुभयो ।  उनीहरुलाई कुट्नुपर्ने कारण के थियो ? के पैसासँग मृत्यु साटेकाहरु तपाईंकोमा जिज्ञासा राख्ने अधिकार पनि राख्दैनन् ? तपाईंको अस्पतालको आगनमा राइ जस्ता कतिले ज्यान गुमाए ? मृत्यु कुरिरहेका कुनै विरामीले तपाईंको अस्पतालमा छिर्नुभन्दा पहिले ५ लाख देखि १० लाख रुपैँया डिपोजिट गर्नुपर्ने नियम छ । तपाईंले भनेको बैंकमा डिपोजीट नभए तपाईको आलिशान अस्पतालको ढोकामा विरामी कुहिनुपर्छ । कुरा मैले नबुझेको कि हजुरले– कुनै मान्छे विरामी हुँदा बैंक ब्यालेन्स गरेर विरामी हुन्छ र ? हजुरको अस्पतालमा १० पेटी न्यूनतम शुल्क हो रे । नेपालमा १० वटा नोट एकैचोटी नदेखेका आधा नेपाली छन् भन्ने कुरा तपाई डाक्टरी खोपटीमा छ कि छैन ? रुघाँ लाग्दा पेटी असुल्ने हजुरले अरुलाई पैसा खायो भन्नुजत्तिको हाँस्यस्पद कुरा सायद केही हुँदैन । मलाई त लाग्छ तपाई आजकाल विरामीको सुधार प्रगती भन्दा अण्डग्राउण्डको एकाउण्ट प्रगी नहेरी अप्रेशन थिएटरमा भित्रिनुहुन्न होला । तपाईंको आइसियूमा मरेका विरामीलाई हप्तौं सलाइन चढाएर, हप्ता अशुली गर्ने गरेको भोगेकाहरु बताउँछन् । अब भन्नुस् डा’साब पैसाको पछि तपाई कुदेको की माओवादी ? गणतन्त्र प्राप्तीको लागि गाउँ, पहाडमा रगत बगाइरहेका माओवादी ति चर्चमा घाइते भएर छटपटाईरहँदा तपाई निरंकुश राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलमा ज्ञानेन्द्र भक्ति गाइरहने एक निरंकुश डा’साबलाई माओवादीले चर्चमा केके गर्यो भनेर भन्ने नैतिक अधिकार छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending