बागलुङ । हिँडेर घर जानका लागि पोखरालगायत विभिन्न स्थानबाट आइपुगेका मजदुरलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा कोरोना परीक्षण गराई बागलुङ नगरपालिकाले बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ ।
बागलुङको मुख्य प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्समा सम्र्पकमा आएका मजदुरहरुलाई क्वारेन्टाइन तथा आश्रय स्थलमा खान बस्नको व्यवस्थासहित आरडिटी विधिबाट कोरोना परिक्षण गरी ४१ मजदुरलाई घर पठाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “लकडाउन थपिदै जादा जोखिम मोलेरै पैदलबाटोबाट घर आउनेक्रम जारी छ” पौडेलले भने “हामीले बागलुङ आउने मजदुरको उद्धार तथा व्यवस्थापनका साथै घर पठाउन सहयोग गरेका छौं ।”
बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालयलगायतको सहकार्यमा बानपा १ रामरेखा आधारभूत विद्यालय तथा बागलुङ नगरपालिका–२ स्थित पुरानो शान्ति समितिको कार्यालयमा राखिएका ५८ जनामध्ये ४१ मजदुरलाई एकीकृतरुपमा घर पठाइएको हो । उनीहरु रुकुम, रोल्पा र बागलुङका विभिन्न स्थानका हुन् । घर पठाइएका मध्ये रोल्पाका २७, रुकुमका २, बागलुङको भिमगिठेका ३, खर्वाङको १, बुर्तिवाङ्गका ३, गलकोटका ४, बिहुँका १ तथा सुरक्षाका लागि बसमा दुईजना प्रहरी समेत पठाइएको छ । रोल्पा र रुकुम जिल्लाका मजदुरहरुलाई बसमार्फत रुकुमको सिमाना सम्म पु¥याएर त्यहाँको स्थानीय तहलाई जिम्मा लगाएर छोडिने छ ।
आश्रय स्थलमा बाँकी रहेका काभ्रे, उदयपुर, तनहुँ, सिन्धुपाल्चोकका १७ जना मजदुरहरुलाई घर टाढा रहेका कारण अर्को व्यवस्था नहुन्जेलसम्मका लागि आश्रयस्थलमै राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले जानकारी दिए। उद्धार गरी ल्याइएका ५८ जनाकै सोमबार आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा सबैको नेगेटिभ देखिएका कारण ४१ जनालाई बसमा चढाएर घर पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए । एक हप्ताभित्र उद्धार गरी क्वारेन्टाइन तथा आश्रय स्थलमा राखेका मजदुरलाई शुरुमा जिल्ला प्रहरी कार्यालयले खानको व्यवस्था गरेको थियो भने मजदुर धेरै हुन थालेपछि बागलुङ नगरपलिकाले व्यवस्थापन गर्न थालेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: