सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई रासन कार्डबाट वितरण गरिएको तीन केजी चामल लिने पैसा नभएको भन्दै गरिब, दलित अतिविपन्न परिवारले चामल लिएका छैनन् । गत चैत ११ गतेबाट सरकारले देशभर लकडाउन गरेपछि दुर्गम जिल्लाका नागरिक भोकै रहेको सुन्न नपरोस् भनी हुम्लाका सांसद छक्कबहादुर लामाले नेपालगञ्ज सुर्खेतबाट हवाई ढुवानी गरेपछि खाद्यान्न जिल्ला पुगेसँगै वितरण कार्य शुरु भएको छ ।
नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाले सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै नागरिकलाई रासन कार्डबाट चामल वितरण गर्दै आएको छ । सोमबार गाउँपालिका–७ डाँडाफया गाउँका ४५० घरधुरीलाई चामल वितरण शुरु गरेको छ । सोमबार वितरण गरिएको चामल वडा नं ७ का गरिब, दलित, अतिविपन्न परिवारले पैसाको अभावमा खाद्यान्न किन्न नसकेको गाउँकार्यपालिका सदस्य विनोद विकले जानकारी दिए ।
नेपाल खाद्य संस्थान हुम्लाले यो पटक वितरण गरेको चामलमा १० प्रतिशत छुटमा बिक्री वितरण गरे पनि वडा नं ७ डाँडाफयाका गरिब, दलित, अतिविपन्नले खाद्यान्न किन्न नसकेको पाइएको छ । यहाँका नागरिकले खाद्य संस्थानबाट एक केजी चामल किन्नका लागि गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्दै जीविकोपार्जन गर्दै आएका थिए । सरकारले लकडाउन गरेसँगै एक गाउँबाट अर्को गाउँ जान प्रतिबन्ध भएपछि डाँडाफयाका विपन्न परिवार यतिबेला समस्यामा छन् ।
खाद्य संस्थानले दिएको प्रतिव्यक्ति तीन केजी चामल लिने पैसा नहुँदा नलिएको वडा नं ७ का अतिविपन्न सगुन्या विकले दुःखेसो गरे । उनले भने, “मजस्तै अरु दलित, गरिब तथा अतिविपन्न र एकल महिला भएका परिवारले खाद्य संस्थानले वितरणको गरेको चामल लिन सकेका छैनन् ।” स्थानीय सरकारले पनि आफूहरुलाई राहतका लागि पहल नगरेको उनले गुनासो गरे ।
वडा नं ५ भित्रिन प्रशासनको प्रवेशाज्ञा पास चाहिने
सिमकोट गाउँपालिका–५ कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा नं ५ कार्यालयले कोभिड–१९ रोकथामका लागि सदरमुकाम सिमकोट भित्रिने र सरदुमकाम बाहिर जानेलाई जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध भएको प्रवेशाज्ञा पास भएमात्रै वडा प्रवेश गर्न दिने भएको छ । सदरमुकाम सिमकोट वडा नं ५ र ६ मा पर्ने भएकाले यहाँका वडा कार्यालय थप कडाइका साथ लागिपरेका छन् ।
सरकारले कोरोना सङ्क्रमण हुन नदिन र रोकथामका लागि गरेको लकडाउनलाई प्रभावकारी बनाउन वडा नं ५ कार्यालयले आफ्ना नागरिकलाई सङ्क्रमणबाट बचाउन वडामा प्रवेश गर्ने अन्य गाउँपालिका र बासिन्दाले जिल्ला प्रशासन कार्यालय हुम्लाको प्रवेशाज्ञा पासबिना प्रवेश गर्न नदिइने निर्णय गरिएको वडाध्यक्ष कृष्ण बोहराले जानकारी दिए ।
यस्तै वडा नं ५ का स्थानीय बासिन्दाबाहेक बाहिरका नागरिक बसोबास गर्दै आएका जो–कोही दीर्घरोगी, गर्भवती महिला तथा आकस्मिकरूपमा बिरामी भएका व्यक्तिहरुको प्रवेशका लागि सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाको पत्र भएमा मात्रै प्रवेशका लागि अनुमति दिइने भएको वडाध्यक्ष बोहराले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: