काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै निर्णय नगरी सकिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नै गुमराहमा राख्दै दल विभाजन र संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आकस्मिकरुपमा बैठक बोलाइएको थियो ।
अध्यादेशले नेकपा फुट्नेसम्मको तरंग पैदा भएपछि खबरडबलीले सचिवालयका सदस्यहरुले बैठकमा के धारणा राखेका थिए भनेर बैठकमा सहभागी एक नेतालाई सोधेका थियौं । उनीसँग गरेको कुराकानीमा आधारति –
कसले के भने ?
केपी शर्मा ओली –अध्यादेश हाम्रो पार्टीको आन्तरिक जिवन लक्षित छैन । यो अन्य पार्टीको अवस्था र अन्तरविरोध लक्षित हो । संबैधानिक परिषदहरुमा नियुक्तिहरु अड्कियो । गाँठो फुकाउनुपर्ने भएर ल्याइएको हो । आंशकित नहुनुहोला ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ –अध्यादेश पार्टीमा छलफल नगरी र थाहै नपाउनेगरी आयो । पार्टीलाई र नेताहरुलाई नै गुमराहमा राख्ने काम भयो । कोरोनासँग लड्नुपर्ने जटिल अवस्थामा आएको यो अध्यादेश औचित्य छैन । यो फिर्ता लिनुपर्छ । यो फुट्ने र फुटाउने बेला होइन । जुट्ने र जुटाउने बेला हो ।
माधव कुमार नेपाल –पार्टीमा छलफल नगरी ल्याउने कुरा राम्रो भएन । पार्टीमा मनखुशी हुन थाल्यो । अध्यादेश छलफल गरेर ल्याउनुपथ्र्यो । बलमिच्याइ गर्न थालियो । तर जारी भईसकेकोले यसमाथि आज छलफलको औचित्य हुँदैन । अब पार्टी र सरकारबारे गम्भिर छलफल गर्नुपर्छ ।
झलनाथ खनाल –अध्यादेश सम्पुर्णरुपमा गलत छ । यो फिर्ता लिनुपर्छ । नियत पनि गलत छ, तरिका पनि गलत छ । खारेज गर्नुपर्छ । यसले एकतालाई सुदृढ गर्दैन । विघठन स्विकार्य छैन ।
वामदेव गौतम –आन्तरिक पार्टी लक्षित होइन भने अध्यादेश ठिकै छ । तर अर्का अध्यक्ष तथा पार्टीसँग छलफल गरेर मात्रै ल्याउनुपथ्र्यो । प्रक्रिया मिलेन ।
नारायणकाजी श्रेष्ठ –अध्यादेश गलत छ । नियत गलत छ । उदेश्य गलत छ । सम्पूर्णरुपमा गलत छ । खारेज गर्न माग गर्दछु ।
राम बहादुर थापा – अध्यादेश आन्तरिक पार्टी लक्षित छैन भने ठिकै छ । तर दुई अध्यक्षबिच सल्लाहा नभइकन ल्याउनु हुँदैनथ्यो ।
इश्वर पोखरेल –अध्यादेश हाम्रो पार्टी लक्षित होइन । अरु पार्टी लक्षित भएकोले ठिक छ । बहस जरुरी छैन ।
विष्णु पौडेल –अध्यादेश ठिक छ । पार्टी र सरकारलाई यसले झन मजबुत बनाउँछ । तर पार्टीभित्र र नेताहरुबिच अलि सल्लाहा भएको भए राम्रो हुन्थ्यो ।
के छ नेकपाभित्रको पार्टी समिकरण ?
स्थायी समिति –४४
ओली –१२
प्रचण्ड –१८
नेपाल –१३
तटस्थ –१
केन्द्रीय समिति –४४१
ओली –१२७
प्रचण्ड –२००
नेपाल –१०४
वामदेव –६
तटस्थ –१
रिक्त –३
सांसद –१७४
ओली –७२
प्रचण्ड –५४
नेपाल –३७
वामदेव –४
तटस्थ –५
स्वतन्त्र –२
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: