कास्की । कोभिड–१९ को महामारीसँगै लकडाउन जारी रहेको अवस्थामा यहाँको एक संस्थाले भोका विपन्न मजदूरका लागि निःशुल्क भोजन सेवा उपलब्ध गराएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ मासवारमा महानगर र पौरखी स्वयंसेवी समूहको समन्वयमा भोका मजदूर वर्गलाई तत्तत् स्थानमा पुगी भोजन वितरण गर्दै आएको हो । शनिबारदेखि खाना बनाएर प्राप्त सूचनाका आधारमा खाना सेट प्याकिङ गरी सम्बन्धित ठाउँमा पु¥याएर विपन्न तथा मजदूर एवं असहायलाई पेटभर्ने काम गरिएको समूहका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
“खानै नपाएर कोही पनि भोको पेट बस्नु नपरोस् भनेर हामीले यो अभियान थालेका हौँ”, उनले भने, “दाताहरुबाट खाद्यान्न लिएर मासवारस्थित शान्ति नगर बैक्यूट पार्टी प्यालेसमा खाना सेट तयार गरि मजदूर तथा असहायका कोठमा पु¥याउने गरेका छौँ ।”
कोरोना भाइरस नियन्त्रणका लागि मुलुकमा शुरु भएको लकडाउनका कारण हातमुख जोर्न नपाएका व्यक्ति वा परिवारको पेट भर्न पाउँदा सन्तोष मिलेको बताउँदै उनले दाल, भात, तरकारी र चटनीसहितको प्याकेट तयार गरी गाडीमा राखेर सम्बन्धित स्थानमा पु¥याउने गरेको बताए ।
समूहमा आबद्ध २० जना सदस्यले प्रतिव्यक्ति खर्चबाट दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका परिवारलाई बिहान र बेलुका खानाको व्यवस्था गर्दै आएको बताउँदै लामिछानेले भने, “अहिले भने सहयोगी मन दिनप्रतिदिन बढ्दै गएका कारण भोका पेटलाई भर्न हौसला मिलेको छ ।” वैशाख ६ गते शनिबारदेखि सञ्चालन गरिएको समाजका विपन्न एवं मजदूरी गरी जीवनयापन गर्दै आएको परिवारमा सबैभन्दा बालबालिका र वृद्धवृद्धाहरु अप्ठेरोमा परेको संस्थाका अर्का सदस्य जनक पराजुलीले राससलाई जानकारी दिए ।
उनका अनुसार पोखराको रामघाट, चाउथे, जनप्रिय, चिप्लेढुङ्गालगायतका विभिन्न स्थानबाट आएको मागका अनुसार संस्थाले खानाका प्याकेट पु¥याउँदै आएको हो । संस्थाले शुरुका दिनमा १९७ र दोस्रो दिन ८०० जनालाई हातहातमा खानाको सेटसहितको प्याकेटको प्रबन्ध गरेको छ । आज तेस्रो दिन बिहान मात्र ६५२ जनालाई खानाको व्यवस्था गरिएको थियो । जसमा १०० जनालाई दिदी बहिनी संस्था कास्कीले एक हप्तासम्म एक छाक खानाको जिम्मा लिएको छ ।
शान्ति नगर बैक्यूटका आवश्यक सामग्री र जनशक्तिलाई समेत परिचालन गरिएको बताउँदै उनले भने, “स्थानीय जनप्रतिनिधिको समन्वयमा बिहान ९ देखि ११ बजे र साँझ ७ बजेभित्र सबै स्थानमा खाना पुग्दछ ।” पौरखी स्वयंसेवी समूहका सदस्य विष्णुप्रसाद बरालका अनुसार समूहमा आबद्ध सदस्यहरुका यातायातका साधन प्रयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट खाना ढुवानी प्रयोजनका लागि पास लिइएको छ ।
उनका अनुसार भान्छादेखि असहाय एवं मजदूर वर्गको हातमा खानाको प्याकेट पुग्ने अवस्थासम्म कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सम्पूर्ण सतर्कता अपनाइएको छ । यस पुण्य कार्यमा जनप्रतिनिधि एवं सामाजिक व्यक्तिहरुको सहयोग रहेको उल्लेख गर्दै उनले कतिपय त खबर आउनेबित्तिकै सेवक साथहरु मोटरसाइकलमा खानाको प्याकेट लिएर सडकमै रहेका असहाय व्यक्तिलाई खाना खुवाउने गरेको बताए ।
महानगरले पहिलो चरणको राहत वितरणमा जनप्रतिनिधिलाई परिचालन गरे पनि कतिपय स्थानमा नुन र तेलका पोकालाई भाग लगाउने र गुणस्तरहीन चामल पुगेको गुनासो आइरहेको वर्तमान अवस्थामा तयारी खानाका प्याकेट हातहातमा पुग्दा वास्तविक पीडितले राहतको महसुस गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगर प्रमुख मानबहादुर जिसी, सञ्चारकर्मीसहितको टोलीले आइतबार समूहले सञ्चालन गरेको भान्छासहितको सेवा प्रवाहका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: