Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

यसकारण भारतमा आगामी केही साता निकै सङ्कटपूर्ण

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदा तीनदेखि चार साता कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि सङ्कटपूर्ण हुने बताएका छन्।

जनवरी ३० मा भाइरसको पहिलो घटना पुष्टि भएसँगै भारतले यस महामारीसँग जुझ्ने प्रयासमा थुप्रै उपायहरू अवलम्बन गरिसकेको छ।

जाँचका लागि योग्य हुने मापदण्डलाई खुकुलो बनाउनुका साथै सरुवा रोगसँग जुझ्ने १२२ वर्ष पुरानो कानुन लागु गरेर सार्वजनिक जमघट र अन्य विषयमा प्रतिबन्ध लगाएको छ।

एप्रिल १४ मा तीन साता पूरा गरेको लकडाउनलाई पुन: मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको छ। देशमा जमिन र हवाई सबैखाले सवारीसाधनहरू नचल्दा एक अर्बभन्दा बढी मानिसहरू घरभित्रै बस्न बाध्य छन्।

भारतमा अहिलेसम्म एक लाख ८०,००० जनाको परीक्षण गरिएको छ। तीमध्ये झण्डै ४.३ प्रतिशतमा सङ्क्रमण पाइएको छ। सङ्क्रमणले बुधवारसम्म ३७७ जनाको ज्यान लिइसकेको छ।

विवरणहरूका अनुसार सङ्क्रमण देशको आधाजसो भागका ७०० भन्दा धेरै जिल्लामा फैलिसकेको छ। थुप्रै जोखिमयुक्त क्षेत्र औँल्याइएका छन्।

विश्वभरका स्वास्थ्यविज्ञहरूले अहिले भारत कसरी यस भाइरससँग जुझ्छ भनेर चासोपूर्वक हेरिरहेका छन्।

उच्च जनसङ्ख्या, विशाल भूभाग र कमजोर जनस्वास्थ्य सेवाले त्यहाँ लागु गरिने उत्कृष्ट अभ्यासलाई समेत फिका साबित गर्न सक्छन्।

\'धेरैलाई चिन्तित पार्ने कुरा नै त्यही हो, \'नाम नखुलाउने सर्तमा एकजना वरिष्ठ सरुवा रोग विशेषज्ञ भन्छन्।

भाइरस फैलावटको क्रम हेर्दा अझै पनि त्यो सुरुवाती चरणमै रहेको देखिन्छ। अबको तीन-चार सातामा स्पष्ट चित्र आउनेछ।

ब्रोकिङ्स इन्स्टिट्यूटसँग सम्बद्ध अर्थशास्त्री समिका रवि भाइरसको सङ्क्रमणलाई नजिकबाट नियालिरहेकी छन्। उनी भारतले नराम्रो अवस्थाको सामना गरिरहेको स्वीकार्दिनन्। उनका अनुसार सक्रिय सङ्क्रमणका घटना हरेक सात दिनमा दोबर भइरहेका छन् जुन दर पहिलेको भन्दा कम हो। मृत्युदर कम भए पनि बढिरहेको भने छ।

उनले भनिन् \'हामीले सङ्कटलाई सक्रिय रूपमा पछ्याइरहँदा हाम्रो ृसङ्क्रमणकोे वृद्धिदर भने नियन्त्रित छ।\'

\'हाम्रो सबै जाँचहरू विधि अनुसार छन्। यात्राको इतिहास भएका मानिसहरू खोज्ने र उनीहरूले भेटेका मानिसहरूलाई पछ्याउनेजस्ता काम गरिएका छन्।\'

तीव्र सङ्क्रमण हुने यस रोगबाट भारतका अस्पतालमा रूघाखोकीजन्य रोग लागेका बिरामीको उच्च भर्नादर नरहेको पाइनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।

तर यो राम्ररी विवरण सङ्कलन नहुँदाको अवस्था समेत हुनसक्छ। मध्यप्रदेशको एउटा शहर इन्दौरको एउटा निजी अस्पतालले मात्र १४० भन्दा धेरै कोभिड-१९ का बिरामी जाँच गरिरहेको छ।

गत सप्ताहन्तमा त त्यसले एक दिनमै ४० नयाँ सङ्क्रमितहरू भर्ना गरेको थियो।

टी ज्याकोब जोनजस्ता सेवानिवृत्त सरुवा रोगका प्राध्यापक भारत निकै खराब अवस्थाका लागि तयार हुनुपर्ने ठान्छन्।

क्रिस्चियन मेडिकल कलेज भेलोरमा काम गरेका उनी भन्छन् “हामीले यस समस्याको चरित्र अझै बुझेजस्तो लाग्दैन जुन हाम्रोमा अबको दुई महिनामा देखा पर्न सक्छ। हामीले भन्दा पनि अहिलेसम्म भाइरसले हाम्रो प्रतिक्रिया जाँच गरिरहेको छ।”

समुदायमा सङ्क्रमण
डा। जोन भारतले गरिरहेको काम धेरैजसो स्पष्ट देखिने घटना र प्रतिक्रियात्मक भएको बताउँछन्।

भारतको स्वास्थ्य मन्त्रालयले भने समुदाय तहमा भाइरसको सङ्क्रमण फैलिएको कुरालाई अस्वीकार गर्दै आएको छ। चिकित्सकहरूले समेत मार्च महिनाको सुरुतिरबाट मात्र सङ्क्रमण पाइन थालेको बताउँदै आएका छन्।

\'हामी सबैलाई समुदायमा सङ्क्रमण फैलिएको छ भन्ने थाहा छ तर सबैको ध्यान देखिने सङ्क्रमित खोज्नमा केन्द्रित हुनु रणनीतिक भुल हो,\' डा. जोनले भने।

अबका दिन सङ्कटपूर्ण
डा. रवि \'अबका हरेक साता सङ्कटपूर्ण हुने\' ठान्छिन्।

त्यस्तो अवस्थामा भारतका लागि दशौँ लाख जाँच किट र त्यसमा काम गर्ने दक्ष जनशक्ति चाहिन्छ। जाँच प्रक्रिया लामो हुन्छ। दशौँ हजार नमुना चिस्यानमा राखेर सुरक्षित रूपमा प्रयोगशाला लैजानुपर्छ।

यस चुनौतीसँग जुझ्ने एउटा उपाय चरणबद्ध जाँच \'पुल टेस्टिङ्\' भएपनि त्यसका लागि भारतमा स्रोत तथा क्षमता सीमित छ।

विश्व स्वास्थ्य सङ्गठनले सुझाएजस्तो कैयौँ नमूनाहरूलाई ट्युबमा सङ्कलन गरेर नाक वा घाँटीबाट स्वाब सङ्कलन गर्ने पीसीआर प्रक्रिया चुनौतीपूर्ण हुन्छ।

त्यस्तो परीक्षणमा सङ्क्रमण पाइएन भने अन्य मानिसहरूमा त्यो नफैलिएको ठानिन्छ। यदि कसैमा सङ्क्रमण पाइए त्यस ठाउँमा रहेका सबैको जाँच हुनुपर्छ।

\'पुल टेस्टिङ्ले\' धेरै मानिसमा जाँच्ने कामलाई कम गर्नसक्ने र त्यसकै आधारमा निश्चित ठाउँमा आर्थिक क्रियाकलापहरू नियमित गर्न सकिने डा. रवि ठान्छिन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending