एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ।
देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो।
राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले उपयुक्त ठानेका समयमा प्रतिबन्धहरू खुला गर्ने प्रक्रिया सुरु गरिने बताए।
अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ।
प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुनस् सञ्चालन गर्ने समयबारे गभर्नरहरूसँग ट्रम्पको गम्भीर मतभेद छ। तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्य खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ। त्यसलाई राष्ट्रपतिले त्यो निकै रोमाञ्चक भनेका छन्।
राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवामा सेवाग्राहीको भार थामिनसक्नु भएको बताएका छन्।
आय ठप्प भएका बेला अहिले लागुपदार्थ दुर्व्यसनी पनि अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।
अमेरिकाले अहिलेसम्म झन्डै ३३ लाख जनामा कोभिड-१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झन्डै एक प्रतिशत हो।
तर बुधवार लगातार दोस्रो दिन कोभिड-१९ बाट हालसम्मकै उच्च सङ्ख्यामा बिरामीहरूको मृत्यु भएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
अमेरिकामा अहिलेसम्म छ लाख ३७ हजार भन्दा धेरै व्यक्ति सङ्क्रमित भएको पुष्टि हुनुका साथै २८ हजार भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरस आफ्नो उत्कर्षमा पुगिसकेको दाबी गरेका छन्।
अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र पुनस् सञ्चालन गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए।
बुधवार नै कोभिड-१९ भएको पुष्टि भएकाहरूको सङ्ख्या विश्वभरि २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।
नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे पुनस् आफ्नो रोष पोखेका छन्।
उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताए।
\'दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,\' ट्रम्पले भने।
ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको भन्दै त्यो सायद उनीहरूले बोध गरिसकेको बताए।
कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका थिए।
मध्य अमेरिकी मुलुक ग्वाटेमालामा अमेरिकाले देश निकाला गरिदिएपछि स्वदेश फर्केका मानिसमा कोरोभाइरस देखिएपछि चिन्ता बढेको छ।
ग्वाटेमालाका स्वास्थ्यमन्त्रीले हालै अमेरिकाबाट निष्कासित हुनेमध्येको एउटा समूहका झन्डै ७५ प्रतिशतमा भाइरस पाइएको बताएका थिए।
त्यससँगै रोमन क्याथोलिक गिर्जाघरले उक्त प्रक्रिया हाललाई रोक्न आग्रह गरेको थियो।
ग्वाटेमालासँगै एल सल्भाडोर, होन्डुरस र मेक्सिकोले आफ्नो स्वास्थ्य प्रणालीको सीमितता देखाउँदै अमेरिकालाई उक्त प्रक्रिया बन्द गर्न आग्रह गरेका छन्।
तर गत शुक्रवार ट्रम्पले देश निकाला गरिएकाहरूलाई नलिने देशले प्रतिबन्धहरूको सामना गर्ने एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: