Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विदेशबाट फर्किएका एक सय २० जनाको र्यापिड परीक्षण गरिँदै

खोटाङ । खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशबाट जिल्ला फर्किएका १२० जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) शुरु गरिँदै छ । प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैतयता घर फर्किएका १२० व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको हो ।

विदेशबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन आजदेखि सम्बन्धित पालिकामै पुगेर र्यापिड डाइग्नोस्टिक टेष्ट शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।र्यापिड डाइग्नोस्टिक टेष्ट गर्न जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रजिअ शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायतको टोली जन्तेढुङ्गा गाउँपालिका प्रस्थान गरेको छ ।

वैशाख ५ गतेसम्ममा बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिका फर्किएकाको र्यापिड डाइग्नोस्टिक टेष्टको काम पूरा गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । प्रजिअ पौडेल संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटीको बैठकले यही वैशाख ६ गते ऐँसेलुखर्क र वैशाख ७ गते केपिलासगढी गाउँपालिकामा गएर र्यापिड परीक्षण गर्ने निर्णय गरेको छ ।

उक्त कमिटीले वैशाख ८ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा वैशाख ९ गते साकेला गाउँपालिकामा र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका जनाइएको छ । रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागेयता विदेशबाट एकजनामात्र फर्केको तथ्याङ्क छ ।

दश स्थानीय तह रहेको जिल्लामा चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको उक्त टेष्ट गर्न पुनः परीक्षण किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैतयता घर आएका व्यक्तिको मात्र ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।

विदेशबाट घर फर्किएका उनीहरु अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेशन वार्ड निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरे पनि हालसम्म विदेशबाट फर्किएका २४ जना व्यक्तिमात्र क्वारेन्टाइनमा बसेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending