Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतमा क्वारन्टीनबाट हजारौं मानिसहरू भाग्न थाले

नयाँ दिल्ली । भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न लकडाउन लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए।

तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन्।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि निस्शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ। उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ।

सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।

मानिसहरू किन गाउँतिर भागेका थिए ?
यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्।

कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभि-१९ को सङ्क्रमण रोक्न देशव्यापी लकडाउन घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिए। स्कुल एवम् परिषद् भवनहरूलाई त्यस्ता मानिसहरूलाई राख्ने क्वारन्टीन बनाइयो।

अधिकांशलाई कोभिड-१९ का लक्षण परीक्षणपश्चात् घर फिर्ता पठाइयो।

के भइरहेका छन् क्वारन्टीन केन्द्रहरूमा ?
विवरणहरूका अनुसार आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन्।

उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले पनि त्यस्तै बताएका छन्।

प्रतापगढस्थित एकजना स्थानीय पत्रकार अमितेन्द्र श्रीवास्तवले उनको गाउँ बाबुपट्टिमा पाँचजना त्यसरी फर्किएका मानिस स्थानीय स्कुलमा रहेको क्वारन्टीन केन्द्रमा नबसेको जानकारी दिए।

गाउँलेहरूले यसबारे प्रहरी तथा कन्ट्रोल कक्षमा फोन गरेर बताउँदा कसैले ध्यान नदिएको भन्दै त्यसपछि पत्रकार भएको प्रभाव प्रयोग गरेर आफूले उच्च प्रशासनिक तथा स्वास्थ्य अधिकारीलाई जानकारी दिएको उनले बताए।

\'तीस घण्टापश्चात् डाक्टरहरूको एउटा टोली गाउँमा तिनको परीक्षण गर्न आयो तर तिनलाई पछि घरमै बस्न दिइयो,\' उनले भने।

कसको जिम्मेवारी ?
\'मानिसहरू क्वारन्टीन स्थलमै रहुन् भन्ने निश्चित गर्ने जिम्मा गाउँप्रमुखहरूलाई दिइएको छ तर उनीहरूसँग नियम लागु गराउन र मानिसहरूलाई भाग्न नदिन आवश्यक प्रहरी वा सुरक्षाकर्मी छैन,\' नोयडास्थित बीबीसी हिन्दीका समिर आत्मज मिश्राले बताए।

उनका अनुसार यसै वर्षको अन्त्यतिर उत्तर प्रदेशका गाउँमा चुनाव हुने भएकाले ती प्रमुखहरू कसैलाई चिढ्याउन चाहँदैनन्।

गत साता मानिसहरू भागेको विवरण आएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले क्वारन्टीन स्थलबाट कोही भागेको पाइए उच्च प्रहरी तथा प्रशासनका अधिकृतलाई जिम्मेदार ठहर्‍याइने बताएका थिए।

त्यसैले केही दिन यता भागेकाहरूलाई खोज्न प्रहरी र प्रशासनले तदारुकता देखाएको छ।

तर पनि समस्या ज्यूँका त्यूँ छ।

छिमेकी बिहारमा ुलकडाउनुपश्चात् करिब एक लाख ८० हजार मानिस फर्किएको र तीमध्ये २७,००० लाई क्वारन्टीनमा राखिएको बताइएको छ।

तर विवरणहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण भएका आशङ्का गरिएकाहरू बारम्बार भागिरहेका छन्।

तिनले समुदायमा भाइरस सङ्क्रमण फैलाउने त्रास बढेको छ।

कैयन् गाउँप्रमुखहरूका अनुसार ती मानिस रातिराति घर जाने र दिउसो निस्शुल्क भोजनका निम्ति क्वारन्टीन स्थलमा फर्कने गरेका छन्।

किन भागिरहेका छन् मानिसहरू ?
दुई दिन अगाडि उत्तर प्रदेशको बुलन्दशहर जिल्लास्थित केन्द्रबाट झ्याल फुटाएर १६ जना भागेका थिए।

महिला तथा शिशुसमेत रहेको उक्त समूहले आफूहरूलाई खाना नदिइएको गुनासोको भिडिओ बनाएका थिए।

केही घण्टापछि तिनलाई समातेर पुनस् क्वारन्टीनमा राखिएको प्रहरीले बताएको छ।

भाग्नेहरूमध्ये धेरैले क्वारन्टीनमा भिडभाड भएको र सुविधा नभएको बताएका छन्। केहीले खाना नपाएको अनि केहीले साबुन र स्यानिटाइजर नपाएको गुनासो गरेका छन्।

केहीले भने फोहोर शौचालय र लामखुट्टेको गुनासो गरेका छन्।

बिहारस्थित पत्रकार अमरनाथ तिवारीले कैयन् केन्द्रहरूमा बिजुली, शौचालय र खाटजस्ता आधारभूत सुविधा नभएको अनि कैयन्‌मा झ्याल वा ढोका नभएको बताएका छन्।

साँझपरेपछि लामखुट्टेले सताएर बस्न नसकिने अवस्था हुने उनले बताए।

केही गाउँप्रमुखहरूले त्यस्तो अवस्थामा मानिसहरूलाई बसिरहन बाध्य पार्न नसकिने बताएका छन्।

तर घातक कोरोनाभाइरस बोकेका हुनसक्ने मानिसहरू त्यसरी खुला भागेका विवरणले चिन्ता बढाएको छ।

\'मेरो गाउँमा कैयन् मानिस गुजरात र दिल्लीबाट फर्किएका छन्। उनीहरू क्वारन्टीनमा बसेका छैनन्। बजारतिर हिँडडुल गरिरहेका छन्,\' बिहारको राजधानी पटनाको बाहिरी भागमा बस्ने मनोज कुमारले बताए।

\'कसैले पनि सामाजिक दूरीको ख्याल गरेका छैनन्। स्थानीय ब्याङ्कमा अनि तरकारी बजारमा भिड छ,\' उनले भने।

\'यदि हामी जीवित छौँ भने त्यो सरकारको कदमले होइन, हाम्रो आफ्नै सजगताले हो,\' उनले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending