Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कोरोना रोकथामका लागि नेकपा कार्यकर्ता परिचालन

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।

प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा र सहइञ्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन, अन्तर्राष्ट्रिय अनुभव सम्प्रेषण गर्ने, प्रदेश बाहिर रहेका कर्णालीका नागरिकलाई समस्यामा पर्न नदिन उचित व्यवस्थापन गर्ने, मातहतका कमिटीबाट आएको रिपोर्टको विश्लेषण गर्ने, मेडिकल सामग्री, खाद्यान्नलगायत अत्यावश्कीय वस्तुको आपूर्तिबारे केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा केन्द्रमा विभाजन गरेको छ । कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा सङ्क्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ ।

चौरजहारीमा प्रदेश सहइञ्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ ।

प्रदेश कमिटीले स्थानीय तहमा पाँच/सात घरको सहकार्य युनिट निर्माण गर्न सर्कुलर गरेको छ । उक्त युनिटले आपसमा मिलेर जनताका समस्या सहजीकरण गर्नेछ । अध्यक्ष बोगटीले भने, ‘पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्नबाली पाकिरहेको छ”, अन्नबाली भित्र्याउन त्यही युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछौँ, खाद्यान्नको समस्या भए प्रदेशमा रिर्पोटिङ गर्न सर्कुलर गरेका छौँ ।’ सर्कुलरमा वडास्तरमा एउटा व्यवस्थापन समिति तथा शीघ्र उद्धार कार्यदल गठन गर्न भनिएको छ ।

स्थानीय तहमा कुनै समस्या आएमा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ ।

जिल्लाले पनि नसके प्रदेश कमिटीमा पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिनेछ । बैठकले खाद्य अवस्थाको अध्ययन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसले खाद्यान्न आपूर्ति तथा राहत वितरण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: