Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

‘रातिराति प्रचण्डको पेशा अर्कै रहेछ’

\"prachanda\"एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड २०३३ सालमा गोरखाको आरुघाटमा रहेको भिमोदय माविमा कृषि शिक्षा पढाउँथे । उनी शिक्षक हुँदा चार जना पिएनहरु कार्यरत थिए  । ती मध्ये कृष्ण प्रसाद खनाल अलि हर्ताकर्ता थिए । खनालको नजरमा प्रचण्ड त्यतिबेला  निकै लोकप्रीय शिक्षक थिए । भेट्दा सबैलाई हालखबर सोध्ने गर्थे । खाए, नखाएको बुझ्न उनी छुटाउँदैनथे । तत्कालीन शिक्षक प्रचण्डको आनिबानी बारे उनले खबरडबलीसँग यसरी बताए : वि.स. २०३० सालमा नयाँ शिक्षा लागु भएपछि म गोरखाको आरुघाटमा रहेको भिमोदय उमाविमा पिएन पदमा काम गर्न थालेको थिएँ । मैले यही विद्यालयमा पिएनमा काम गरेर आठ वर्ष विताएँ  । घरायसी कारणले मैले पिएनको जागिर छोड्नुपर्यो । एकल जीवन विताउन परेपछि नै जागिर छोडेको हुँ । हाम्रो यो स्कुल नै व्यावसायीक स्कुल थियो । तत्कालीन  कृषि व्यावसायीक स्कुल हो । हामी त्यतिबेला चार जना पिएनहरु थियौं । त्यसमध्ये विद्यालयभरिकै हर्ताकर्ता मै थिएँ । जिल्ला सदरमुकाम तिर पर्ने  सबै काममा मलाई नै पठाइन्थ्यो । म जतिबेला पिएनको काम गर्थें, ३२/३३ सालमा प्रचण्ड शिक्षक भएर  आउनुभएको थियो । उहाँले कृषि विज्ञान पढाउनु हुन्थ्यो ।  विद्यार्थीहरुलाई पढाउने कला निकै राम्रो थियो । हामीलाई गर्ने व्यबहार झनै  राम्रो लाग्थ्यो  । हुन त कुनै पनि शिक्षकले हामीप्रति नराम्रो व्यबहार गर्नुभएन । उहाँ आउने वित्तिकै कम्युनिष्ट हुन् भन्ने छट्याउन सकिँदैन थियो  । मैले अरुघाट बजारमा सानो लज पनि चलाएको थिएँ  । त्यहाँ दुई चार छाक खाना पनि खानुभयो । त्यतिबेलाको  मावि स्तरको स्कलमा १८/२० जना शिक्षक थिए । उनीहरुलाई नास्ता पनि म नै बनाउँथे । केही समय उहाँ आरुघाटमा नै रहनुभयो । पछि आरुटारमा डेरा गर्नुभयो । प्रचण्डको दिउँसोको पेसा शिक्षण थियो  । दिनभर यहाँ पढाउने गर्नुहुन्थ्यो , रातमा छुट्टै पेसा रहेछ । रातमा कम्युनिष्ट पेसा, दिनमा शिक्षक । उहाँले जुन उद्देश्य  लिएर आउनुभएको थियो त्यो  विद्यालयमा पोख्ने कुरा पनि  आएन । त्यतिबेला अवस्था पनि त्यस्तै थियो । आरुटारमा बसेरै रातमा कम्युनिष्ट संगठन विस्तार गर्नुहुँदोरहेछ । मेरो विचारमा गोरखा जिल्लामा कम्युनिष्ट सिद्धान्तको लागु उहाँले नै गर्नुभएको थियो  । यहाँबाटै उहाँले पार्टी संगठन बनाउन सुरु गर्नुभएको हो । हुन त एउटा सिद्धान्त सबैको होला  । प्रचण्डको पनि कम्युनिष्ट सिद्धान्त थियो । त्यतिबेला कम्युनिष्ट हुनु निकै गाह्रो कुरा थियो  । निर्दलीय पञ्चायती व्यवस्था थियो ।  दल खोल्नु वा गतिविधि गर्नु पूर्ण प्रतिबन्ध थियो । त्यस्तो बेला उहाँहरुले संगठन विस्तार गर्नुभयो । त्यतिबेला संगठन विस्तार गरेर केही होला जस्तो हामीलाई लागेकै थिएन । प्रचण्ड यति ठूला नेता हुन्छन् भन्ने कल्पनामै थिएन । पढाउन आएका शिक्षक न थिए  । हामी पिउन थियौं उहाँ शिक्षक हुनुहुन्थ्यो । नाता नै त्यहि थियो । सबै आन्तरिक कुराहरु हामीलाई थाहा हुँदैन थियो । हामीलाई देखेपछि मायाँ ममता देखाउने गर्नुहुन्थ्यो । उहाँ आउनु हुन्छरे भनेपछि हामीलाई पनि आउँ आउँ लाग्ने भेटुम् भेटुम् लाग्ने हुन्थ्यो । ३७ सालपछि पहिलेको चुनाव सहित विभिन्न पटक यहाँ आउनुभयो । हाम्रो विद्यालयमा पढाउने शिक्षक पुष्पकमल दाहाल थिए । तर जनयुद्धको बेला प्रचण्ड रहेछन् भन्ने कुरा थाहा पाएका हौं । शान्तिप्रक्रियापछि त झनै ठूला नेताको रुपमा देख्न पाइयो । प्रचण्डलाई  भन्नु उहाँ यतिबेला ठूलो नेता हुनुहन्छ । उहाँले सामाजिक सामाजिक समस्याहरुलाई भूल्नु हुन्न । सामाजिक मुद्दाहरुलाई अगाडि लैजान मेरो सुझाव छ । मेरो व्यक्तिगत स्वार्थको लागि भन्नु केही छैन । सबैको लागि गर्नुपर्छ भनेरै कम्युनिष्ट भएको हो । यहाँको सामाजिक समस्याहरु यहाँ बस्दाको समयमा देख्नुभएकै छ । अझै पनि उहाँले मैले भनेको मान्नुहुन्छ । यहाँ यातयातको समस्या छ । पुलको समस्या छ । आरुघाट बजार जोड्ने पुल पक्कि बनाइदिनुहुन्छ भन्ने आशा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending