काठमाडौं । सुर्यबाट आउने हानीकारक अल्ट्रावायलेट अर्थात् पराबैंजनी किरणलाई रोक्ने ओजोन ग्यासको मात्राले बनेको ओजोन तहमा कमी देखिएको छ । यो पर्यावरणीय घटना वर्षभरि हिउँले ढाकिने आर्कटिक महासागरको माथि देखिएको हो । यो घटनाबाट वैज्ञानिकहरु निकै चिन्तामा परेका छन् ।
आर्यभट्ट प्रक्षेप विज्ञान सोध संस्थान (एरीज)का वैज्ञानिकका अनुसार चिसो ऋतुमा यस पटक अत्याधिक ठण्डा हुँदा ओजोन तहमा विशाल प्वाल बन्न पुगेको हो । यस प्वाल झण्डै १० लाख वर्ग किमिमा फैलिएको वैज्ञानिकहरुले बताएका छन् ।
यसकारण बन्यो प्वाल
एरीजको वायुमण्डलीय प्रभागका अध्यक्ष डा. मनिष नाजाका अनुसार ओजनमा प्वाल मार्चको मध्यतिर बनेको हो । प्वाल बन्नुको पछाडि दुईवटा मुख्य कारण छन् । पहिलो, यसपटक निकै चिसो बढ्यो, जसको कारण उक्त क्षेत्रको तापमान माइनस ८० डिग्री सेल्सियसभन्दा मुनी पुग्यो ।
तापमान चिसो भएसँगै ओजनलाई नोक्सान पुर्याउने खतरनाक हैलोजन ग्यास बादलको उच्च तहमै रहन पुग्यो । बादलको यस क्षेत्र पृथ्वीबाट करिब २० किमी माथि हुने गर्दछ । जहाँ ग्यास कैद भएर रहन्छ । तर जब तापमान बढ्छ तब हलचल सुरु हुन्छ अनि ग्यास बाहिर निस्कने गर्दछ । यिनै ग्यासको कारण ओजोन लेयरमा प्वाल बन्ने गर्दछ ।
केहि सातामा छिद्र भरिन सक्ने आशा
ओजोन लेयरमा भएको छिद्रको भरपाई आगामी केहि साताहरु भित्र हुन सक्ने वैज्ञानिकले आशा देखाएका छन् । वैज्ञानिकहरु उक्त क्षेत्रमा तापमान बढेसँगै ओजोनको मात्रामा केहि सुधार हुन सक्ने आशा गर्दछन् । तथापि पनि यस पूर्णं छिद्र भरिने कुरामा भने वैज्ञानिकहरु विश्वस्त छैनन् ।
स्वास्थ्यका लागि खतरनाक हुन्छ पराबैजनी किरण
पृथ्वीको वातावरणको माथिल्लो सतहमा ओजोन तहमा छिद्र हुन जाँदा सूर्यको किरण सिधा पृथ्वीसम्म आईपुग्छ । किरणसँगै पृथ्वीमा सुर्यबाट आउने पराबैजनी किरण पनि सँगै आउँछ । जुन किरण प्राणीहरुको लागि निकै खतरनाक मानिन्छ । जसले छालाको क्यान्सर बनाउने गर्दछ । यसको साथै आँखामा मोतिबिन्दुको समस्या ल्याउने गर्दछ । साथै प्रकृतिमा पनि यसले अनेकन असरहरु गर्दछ । रुख विरुवा र अन्य जिवहरुको जीवनचक्रमा पनि यसले परिवर्तन नै ल्याउँछ । एजेन्सीको सहयोगमा
प्रतिकृया लेख्नुहोस्: