काठमाडौं । कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि बेलायती प्रधामन्त्री बोरिस जोनसनले \'मलाई जे पनि हुन सक्थ्यो\' भनेका छन्।
आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए।
कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताए।
सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले व्यक्तिगत साहस देखेको बताएका छन्।
प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए। त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले धन्यवाद दिए।
राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ, प्रधानमन्त्री जोनसनले भने।
प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ।
ूआफ्ना चिकित्सक टोलीको सुझाव अनुसार प्रधानमन्त्री तत्काल काममा फर्किनु हुने छैन। उनले सेन्ट टमसेज अस्पतालमा पाएको उत्कृष्ट हेरचाहका लागि सबैलाई धन्यवाद दिन चाहेका छन । यो रोगबाट शनिवार साँझ पाँच बजेसम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७३७ जनाको ज्यान गएको छ।
योसँगै त्यहाँ कोभिड-१९ रोगबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या १०,६१२ पुगेको छ।
स्वास्थ्यमन्त्री म्याट हान्ककले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको खबरबाट आनन्द महसुस भएको बताएका छन्।
स्वास्थ्यमन्त्रीले भनेका छन्, सेन्ट टमसेज अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्रीको हेरचाह त्यसरी नै गरेका छन् जसरी देशका अरू मान्छेहरूलाई गर्थे। प्रधानमन्त्रीलाई काममा फर्किन अझ कति समय लाग्न सक्छ भन्ने प्रश्नमा उनले भने, त्यसबारे चिकित्सकहरूले निर्णय दिनुपर्ने हुन्छ।
प्रधानमन्त्रीले तय गरेकै रणनीति अनुसार सरकारले काम गरिरहेको अवस्था छ।
विदेशमन्त्री डोमिनिक राबले हाल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।
उनका सहयोगीहरू चाहन्छन् कि प्रधानमन्त्री जोनसन एक महिनासम्म नियमित काममा नफर्किऊन्।
बीबीसीकी राजनीतिक संवाददाता जेसिका पार्कर भन्छिन्, अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री काममा फर्किन हतार नगर्ने हामीले पहिल्यै सुनेका थियौँ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: