भक्तपुर । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षणशुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड किट (र्र्यापिड डाइग्नोष्टिक टेष्टं) शुरु गरेको हो ।
भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३०० र्यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण शुरु गरिएको हो ।
विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तबास बसेका, निर्धारित क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिए । अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उनले जानकारी दिए ।
रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पुर्याएको जानकारी दिए । आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उहाँले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताए ।
जिल्लाका निजी अस्पतालसमेत बहिरङ्ग सेवालगायत अन्य उपचारसमेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने बहिरङ्ग सेवा र अन्य उपचार सेवासमेत सञ्चालन गरिरहेको छ । जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ६२ जनाको पहिचान गरी उनीहरुको नमूनासङ्कलन गरेर नियमितरुपमा परीक्षण गरिरहेका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधीमार्फत वडावडामा विदेशबाट फर्किएकोको खोजी र पहिचान नगरपालिका कै एम्बुलेसन्स उपलब्ध गराई भक्तपुर अस्पताल लगेर नमूना परीक्षण गराइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
यता सूर्यविनायक नगरपालिकाले पनि विदेशबाट फर्किएकाको पहिचान गर्दै नमूना सङ्कलन गर्न भक्तपुर अस्पताल पठाउँदै उनीहरुको एकान्तबासको अनुगमन गरिरहेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । भक्तपुर अस्पतालले भने मोवाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमनसमेत शुरु गरेको छ । कार्यालयका प्रमुख कृष्ण मिजारले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिए । जिल्लाको सबै अस्पतालको अनुगमन गरिने उनको भनाइ छ । जिल्लामा सञ्चालित निजी अस्पतालले बिरामी गेटबाटै फर्काउने गरेको र कुनै पनि रोगको उपचार नगरेको गुनासो व्यापक आएको छ । सरकारले उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरी उपचारको व्यबस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: