क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ ।
प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेको हो । उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताएका छन् ।
कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उनको भनाई छ ।
“हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भनेका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताए । उनले थपे, “कोरोना भाइरस विरुद्धको लगाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ ।”
मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ । गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो ।
त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागु हुनेछ ।
औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गरे ।
लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्न अधिकारीहरुले बताएका छन् ।
शुक्रबारसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ ।एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: