Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कोारोना भाइरस प्रकोप : लकडाउन खुकुलो पारे घातक हुने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका लकडाउन खोल्न हतार गरिए त्यसले भाइरसको घातक पुनरोदय हुनसक्ने चेतावनी दिएका छन्।

डा. टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन्।

युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले लकडाउनलाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो।

कतिपय देशहरूले बन्दाबन्दीका कारण गम्भीर आर्थिक प्रभाव बेहोरिरहेका छन्।

स्पेन र इटलीले खुकुलो पार्दै
युरोपमा कोरोनाभाइरस सङ्क्रमणको सबभन्दा खराब असर बेहोरिरहेका इटली र स्पेनले त्यहाँ लगाइएका लकडाउनलाई जारी राख्दै बन्देजमा केही खुकुलो पार्ने बताइरहेका छन्।

संसारभरिमा अहिले सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने मर्नेहरूको सङ्ख्या पनि एक लाख नाघेको छ।

जिनिभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै डा। टेड्रसले युरोपेली देशहरूमा सङ्क्रमणको गति सन्तोषप्रद ढङ्गले घटिरहेको बताए।

उनले विभिन्न सरकारहरूसँग मिलेर डब्लूएचओले बन्देजहरू खुकुलो पार्ने रणनीति निर्माण गरिरहेको तर तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए।

\'बन्देजहरू चाँडै हटाइएमा भाइरसको घातक पुनरोदय हुनसक्छ,\' उनले भने।
के भाइरस सङ्क्रमणको गति घट्दैछ ?
डब्लूएचओका प्रमुखले केही युरोपेली देशमा सङ्क्रमणको गति घटेकोमा सन्तोष प्रकट गरेका छन्।

अमेरिकामा पनि अधिकारीहरूले त्यहाँ कोरोनाभाइरसको महामारी अब उच्च तहमा पुग्न लागेको हुनसक्ने बताएका छन्।

ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिर्क्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताइन्।

यसबीच डा। टेड्रसले भाइरस अब अन्य देशमा तीव्र दरले फैलिरहेको चेतावनी दिएका छन्। उनले अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको बताए।

\'अफ्रिकी महादेशका १६ देशमा हामीले सङ्क्रमणका केही समूहगत मामिला तथा समुदायमा सङ्क्रमण देखिरहेका छौँ,\' उनले भने।

सङ्क्रमण फैलिएमा शहरको जस्तो सुविधा उपलब्ध नभएको ग्रामीण क्षेत्रका पहिलेदेखिनै चापमा परेका स्वास्थ्य प्रणालीहरूमा अत्यन्त कठिनाइ हुनसक्छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending