Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

शनिबारदेखि काठमाडौँ उपत्यकामा क्वारेन्टाइनको अवलोकन शुरु गर्ने

काठमाडौ । सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो । सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

राज्यमन्त्री मानन्धरले आज काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुयो । छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिनुभयोए ।

मुलुक विपद्का घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवाद समेत दिए । स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहे पनि कतै अन्योल देखिएकाले जनताको जीवन रक्षाका लागि छिटोछरितो ढङ्गले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गर्नुभयो । राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन काठमाडौँ उपत्यकाका नगर प्रमुखलाई आग्रहसमेत गरे ।
काठमाडौंँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ ।

भक्तपुरको कृषि तालीम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्वोिन्टाइन मापदण्डअनुसार छन् ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले बूढानीलकण्ठ स्कूलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय शय्या बनाउन सकिने अवस्था रहेको जनाइएको छ ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्वारेन्टाइनमा राखिने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनु पर्ने बताए । स्थानीय र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको जनाउँदै नगर प्रमुखहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए । क्वारन्टाइनको मापदण्ड पूरा गर्न केही प्राविधिक समस्या आउनसक्ने बारे पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies