म्याग्दी । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन्।
बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि गाईगोरू रोग र भोकले मर्न थालेका हुन् । बेनीको हाँडेभिर, खुलामञ्च, हुलाकचोक लगायतका सडकमा छाडा अवस्थामा रहेका एक दर्जनभन्दा बढि गाईबस्तु खानेकुरा नपाएपछि दुई सातादेखि भोकभोकै छन् । तीमध्ये तीनवटा पशु मरिसकेका छन् भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेको अवस्थामा पुगेका स्थानीयवासीले बताएका छन् ।
मङ्गलबार एउटा गाई मृत अवस्थामा भेटियो । मृत गाईको छेउमै भर्खरको बाच्छो दुध खोजिरहेको थियो । मृत गाईलाई स्काभेटरले पुर्दै गर्दा बेनीबजारको हुलाकचोकमा पनि एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो । बुधबार पनि बेनीको खुलामञ्च नजिकै अर्को एउटा गाई पनि खान नपाएर मरेको अवस्थामा भेटियो । गाईगोरु मात्रै होइन, यतिबेला बेनी बजारका सडकमा दुई सातादेखि खाना नपाएका पशुचौपायाको बिजोग छ ।
विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन् । बेनीबजार तथा आसपासका चोकगल्लीमा भेटिने पशुचौपाया लामो समयदेखि भोकभोकै छन् ।
१५ दिनसम्म भोकभोकै रहेका पशुचौपाया मर्न थालेपछि उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुनसक्ने भन्दै पशुचौपायालाई कम्तिमा दुईपटक खुवाउनुपर्ने केन्द्रले जनाएको छ । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्नेतर्फ सर्तक हुनुपर्ने केन्द्रका प्राविधिकको भनाइ छ ।
एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढ्दै ग्एको छ । रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले छाडा पशुचौपायालाई दाना खुवाउन शुरू गरेको छ । छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको व्यवस्था गरेका हुन् ।
लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य शुरु भएको बताए । “मानिसको जिउने अधिकारजस्तै अन्य पशुपक्षीको पनि छ”, उनले भने, “नबोल्ने पशुपक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: