Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको छ ।

तर भारतका नक्सलवादी भनेर चिनिने माओवादीहरुले भने लकडाउनलाई मौकाको रुपमा लिएको समाचार प्रकाशित भएको छ ।

माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिएको दन्तेवाडामा माओवादीहरुले लकडाउनको फाइदा उठाइरहेको भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् ।

समाचार अनुसार, माओवादीले स्थानीयवासीलाई गाउँको सीमा सील गर्न लगाएर बैठकहरु सञ्चालन गरेका हुन ।

लकडाउनको बहानामा गाउँमा कसैलाई प्रवेश गर्न निषेध गरिएको छ भने न कसैलाई गाउँ बाहिर जान दिइएको छ ।

योसँगै सुरक्षाबलमाथि हमला गर्नका लागि यिनीहरुको टेक्निकल काउन्टर अफेन्सिभ क्याम्पेन (टिओसी) पनि तीब्र भएको छ ।

बस्तरको छिमेकी राज्यमा नक्सलवादीहरुको आवागमन भइरहन्छ । देशमा कोरोना भाइरस फैलिनु अघि नै हरेक वर्ष खास दिनमा सञ्चालन हुने काउन्टर अफेन्सिफ क्याम्पेन अर्थात् आक्रामक प्रत्याक्रमणको अभियान शुरु भइसकेको थियो ।

प्रहरीको जासुसी विभागका सूत्रहरुका अनुसा, कोरोना अघि नै आन्ध्र प्रदेश, तेलंगाना र महाराष्ट्रका नक्सलवादीहरु बस्तरमा आइसकेका थिए ।

अहिले बाहिरबाट नयाँ नक्सलवादी भने उक्त क्षेत्रमा आएका छैनन् तर पहिलादेखि नै त्यहाँ रहेका नक्सलवादीहरुले सामाजिक दूरीको साटो जनतासँग सामाजिक निकटता बढाइरहेका छन् ।

प्रत्याक्रमणको अभियान सफल पार्न उनीहरुले गाउँ गाउँमा बैठक सञ्चालन गरेका छन् । उनीहरुले सडक भत्काउनुका साथै पर्चा वितरण गरेका छन् । साथै कार्वाहीका ससाना कार्यक्रम पनि अगाडि बढाएका छन् ।

समाचार अनुसार, लकडाउनको फाइदा उठाएर नक्सलवादीहरुले कैयन क्षेत्रमा प्रहरी जवानमाथि हमलाको योजना समेत बनाएका छन् ।

बस्तरका आइजिपी पी. सुन्दरराजका अनुसार, नक्सलवादीका ठूला नेता भने जंगलमा सुरक्षितरुपमा बसेका छन् । उनीहरुसँग मास्क, सेनेटाइजर र साबुन समेत रहेको छ । “उनीहरु बाहिरबाट आउने जाने गरिरहेका छन्, त्यसैले यदि कुनै नक्सलवादी कोरोना संक्रमित भएको खण्डमा गाउँमा बैठक गर्दा पुरै गाउँ संक्रमित हुने खतराको हामीलाई चिन्ता लागेको छ ।’ उनले भनेका छन्, “हामीहरु सावधानी अपनाउँदै गाउँवासीलाई नक्सलवादी र कोरोनाबाट बचाउन अप्रेसन चलाइरहेका छौं ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending