काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा नेपाल मात्र होइन, विश्वको साथमा चीन सँगै रहने बताएकी छन्।
आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–चीनको हुपई प्रान्तको वुहानबाट सुरु भएको कोरोना संक्रमणविरुद्ध ऊ सफलता हासिल गरिरहेको छ। ‘राष्ट्रपति सी चिनफिङको नेतृत्वमा महामारीलाई विस्तारै समाधान गर्दै सकारात्मक पाटोमा ल्याउने काम भइरहेको छ। ७६ हजार संक्रमित ठीक भइसकेका छन्’, चिनियाँ दूतावासले राजदूत होउसँगको संयुक्त अन्तर्वार्ता भन्दै पठाएको एक विज्ञप्तिमा लेखिएको छ, ‘अहिले यो महामारी विश्वभर फैलिएको छ। यसविरुद्धको लडाइँमा चीन सबैसँग हातेमालो गर्छ।’
चीनमा बाहिरबाट आएका कोरोना संक्रमित भेटिएकाले यसलाई आयातीत संक्रमण भनिएको छ। त्यसको संख्या ९ सयभन्दा बढी रहेको जानकारी उनले दिएकी छन्। चीन महामारीविरुद्ध लडिरहँदा नेपालले सहयोग उपलब्ध गराएर चीनलाई पीडामा साथ दिएको पनि विज्ञप्तिमा उल्लेख छ।
उनले नेपालले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पनि चीनले सक्दो सहयोग गर्ने बताएकी छन्। ‘सम्बन्ध र सहयोग दोहोरो हुन्छ। हामी पनि यहाँको अहिलेको अवस्थामा सहयोग गरिरहेका छौं’, उनले भनेकी छन्, ‘हामीले नेपाल मात्र होइन, १ सय २० मुलुकमा कोरोनाविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराइरहेका छौं।’
उनले विश्वको आगामी सुन्दर भविष्यका लागि सबै सहयोगी हुन आवश्यक रहेको उल्लेख गरेकी छन्। ‘चीनले कहिले पनि चीन पहिलो भन्ने नीति लिएको छैन र लिने पनि छैन’, उनले भनेकी छन्, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढ्नेछौं। नेपालजस्तो छिमेकसँग झनै निकट रहेर सहकार्य गरिरहनेछौं। हामीले हाम्रो अनुभव र सुझाव मात्र होइन आवश्यक सामग्री पनि नेपाल सरकारलाई एक लट उपलब्ध गराइसकेका छौं।’
नेपालमा झैं लकडाउनको बाटो अपनाएर चीनले समस्या समाधान गरेको विज्ञप्तिमा उल्लेख छ। परीक्षणका लागि आवश्यक सामग्रीहरु सक्दो उपलब्ध गराउने उनले जनाएकी छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिसँग कूटनीतिक च्यानलमार्फत भेटघाट गरी आवश्यक सामग्री ल्याउने विषयमा छलफल गरिरहेको उनले उल्लेख गरेकी छन्।
चीनले उत्पादन गरेको सामग्रीको गुणस्तरमा प्रश्न आएको विषयमा भने उनले मापदण्ड तोकेको कम्पनीबाट खरिद गर्दा राम्रो हुने बताएकी छन्। चीनले पनि त्यस्ता सामग्री गुणस्तर परीक्षण गरेर पठाउने उनको भनाइ छ।‘सामान कमसल रहेको वा त्यो प्रमाणित छैन भने भन्सारमा रोकिने गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो परीक्षण हुन्छ।’
सार्क राष्ट्रमा ७ हजारभन्दा बढी संक्रमण देखिएको उल्लेख गर्दै उनले सबै सार्क सदस्य चीनको छिमेक र छिमेक जस्तै निकट रहेकाले सहयोग रहने रहने जनाएकी छन्। सार्कले भिडियो कन्फरेन्स गरेर सहकार्यमा जोड दिँदा सार्कको पर्यवेक्षकको तवरबाट चीनले पनि साथ दिएको पनि उनले स्पष्ट पारेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: