Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

लकडाउनभर नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्याइँदै

कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिर समेत निस्कन पाइँदैन । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरु औषधिका लागि स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था छैन ।

विकट गाउँबस्तीमा त झन यस्तो समस्याबाट धेरै नै प्रभावित बनेका छन् । तर कास्कीको माछापुछ्रे गाउँपालिकाका दुई वडाका स्वास्थ्य संस्थाले भने अहिलेको विषम अवस्थामा समेत नियमित औषधि सेवन गरिरहेकाहरुलाई अत्यावश्यक औषधि घरमै लगेर वितरण गर्ने गरेका छन् । ल्वाङ्घलेल स्वास्थ्य चौकी र सिदिङ सामुदायिक स्वास्थ्य इकाइले सामाजिक सञ्जाल र फोन सम्पर्कको माध्यमबाट सर्वसाधारणलाई अत्यावश्यक औषधिको विवरण मागेर चाहिने औषधि स्वास्थ्य संस्था, औषधि पसल र पोखराबाट लगेर सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ ।

वडा नं। ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्री, वडा नं। ८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडी, वडा सदस्य नवीन राना, ल्वाङ्घलेल स्वास्थ्यचौकी प्रमुख आनन्द बराल, स्वास्थ्य चौकीका अहेव हरिबहादुर मल्ल र सिदिङ सामुदायिक स्वास्थ्य इकाइका मेघनाथ अधिकारीलाई आवश्यक औषधि टिपाउन सर्वसाधारणमा सूचना जारी गरिएको छ ।

त्यसरी सर्वसाधारणले फोन, म्यासिन्जर वा भाइवरमा समेत औषधिको फोटोसहित टिपाउनेलाई घरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । जनतामा हालको लकडाउनका कारण नियमित रुपमा खानुपर्ने औषधि अभाव नहोस् र समस्यामा नपरुन् भनेर सामाजिक सञ्चालनको प्रयोग गर्दै औषधि व्यवस्थापनको कार्य भइरहेको ल्वाङ्घलेल स्वास्थ्य चौकी प्रमुख बरालले बताए ।

“अहिलेको विषम परिस्थितिमा प्रेसर, सुगरलगायत रोगको नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधि अभाव नहोस् भनेर उनीहरुले खाने औषधिको जानकारी स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई टिपाउन भनेका छौँ ।” बरालले भने, “कतिपयले आवश्यक औषधि फोटो खिचेर म्यासिन्जर र भाइवरमा समेत पठाउछन् भने कोहीले फोनबाट टिपाउने गरेका छन् । सर्वसाधारणलाई चाहिने औषधि पाएसम्म स्वास्थ्य संस्था, यहाँकै पसल वा नभए बजारबाट ल्याएरसमेत वितरण गरेका छौँ ।”

कतिपय रोगका औषधि सम्बन्धित बिरामीनै अस्पतालसम्म पुग्नुपर्ने अवस्था रहेकाले त्यस अवस्थामा बिरामीलाई स्वास्थ्य चौकीबाट पास बनाएर पोखरा पठाउने गरिएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले कोरोना सङ्क्रमण फैलनबाट रोक्न वडाबासीको सुरक्षामा आफूहरु लागेको र सर्वसाधारणलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरिएको बताउँदै आवश्यक औषधि सर्वसाधारणको घर वा नजिकको स्थानमा भीडभाड नगरिकन वितरण गरिएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending