कास्की । फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ । विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको र विदेशबाट आएको १४ दिन पूरा भएकाले बिहीबार घर पठाइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पूरा गरेवापत उनीहरुलाई रु एक हजारको दरले प्रोत्साहन रकम पनि दिइएको गाउँपालिकाले जनाएको छ ।
कतार एयरवेजमा संक्रमित युवतीसँगै आएका दुई युवा र एक महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका, स्वास्थ्य शाखाले जनाएको छ ।
तिवारीबाट कोषमा रु एक लाख
नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा जम्मा गर्ने गरी वालिङ नगरपालिका ६ का समाजसेवी नित्यानन्द तिवारीले रु एक लाखको चेक जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई हस्तान्तरण गर्नुभएको छ ।
यसैगरी तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाले स्थापना गरेको विपद् तथा राहत कोषमा रु एक लाख ११ हजार १ सय ११ सहयोग गरेको छ ।
क्वारेन्टाइनमा रहेका ५६ घर फिर्ता
लमजुङ –गण्डकी प्रदेशअन्तर्गत लमजुङमा रहेका स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी विदेशबाट आएका कोरोना संक्रमित हुन सक्ने संम्भावित व्यक्तिलाई राखेकामा ५६ जना घर फर्केका छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये चार वटाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बसेर उनीहरु घर फर्केको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।
प्रहरी कार्यालयका थुनुवा रिहा
दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखे पाँच थुनुवालाई रिहा गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले सामान्य प्रकृतिका अपराधमा पक्राउ परेका थुनुवा रिहाइ गर्ने सरकारको नीतिबमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तिनलाई रिहा गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
कारागारका एक रिहा
कारागारमा रहेका एक बन्दीलाई पनि लमजुङ जिल्ला अदालतको आदेशमा रिहा गरिएको छ । एक सय ३३ दिन कैद भुक्तान गर्न बाँकी व्यास नगरपालिका–११ का रामबहादुर बयलकोटीलाई रिहा गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै जिल्ला कारागारमा रहेका बन्दी रिहा गर्नका लागि जिल्ला अदालतमा निवेदन दर्ता गरिएको छ । कोभिड–१९ लाई ध्यानमा राखी एक वर्ष वा एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दी रिहा गर्ने सर्वोच्च अदालतको निर्णयपछि कारागारले चार बन्दी रिहा गर्नका लागि अदालतमा निवेदन दर्ता गरेको हो ।
पच्चीस जना क्षमताको कारागारमा हाल १४९ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई समस्या पर्ने गरेको छ । विशेषगरी गर्मी मौसममा कैदीबन्दीलाई सकस हुने गरेको कारागारका नाइके विष्णुहरि घिमिरेले जानकारी दिए । साथै शौचालय जान पनि कैदीबन्दीलाई पालो पर्खनुपर्ने बाध्यता छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: