Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

काठमाडौ । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि भारतमा बस्दै आएका सैयौँ नेपालीहरू विभिन्न सीमावर्ती क्षेत्रमा जम्मा भएका छन्।

सीमानाकामा रोकिएका उनीहरूले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै हार गुहार गरि रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

तमाम प्रयासका बाबजुद आफूहरूले नेपाल प्रवेश पाउने अवस्था नदेखेपछि केहीले त दुई देशको सीमा महाकाली नदी आफैँ तरेका छन्।

तिनैमध्ये एक हुन् बैतडीको डिलासैनी गाउँपालिकाका इन्द्रसिंह खत्री।

भारतको धार्चुलाबाट नेपालको दार्चुला पुग्दा जाँघेमात्रै लगाएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको तस्बिरले देशैभर चर्चा पाएको छ।

बुधवार साँझ बैतडीस्थित आफ्नो गाउँ पुगेका खत्रीसँग बीबीसी न्यूज नेपालीका नेत्र केसीले कुरा गरेका थिए।

पढौँ उनको कहानी उनकै शब्दमा :
किन ज्यान जोखिममा हाले इन्द्रसिंहले ?
भारतमा मालिकले दिएको खर्च पनि सिद्धियो। खान पाइएन।

त्यही भएर अब घरतिर जानु पाइन्छ कि भनेर आएको हो। तर पुलिसले रोक्यो।
एक रुपैयाँपनि साथमा थिएन। भोकले छटपटियौँ।

नदीमा हाम फाल्न डर लागेन ?
सानातिना नदी पहिले पनि तरेको बानी थियो।

तर के गर्ने भोकले आत्तियौँ।
हाम फाल्ने योजना कसको ?
त्यहाँ हामी डेढ-दुई सयजना थियौँ। हामीले मिलेर योजना बनाएका थियौँ।

तर नदी तर्ने बेलामा हामी तीन जना मात्रै भयौँ। अरू अन्यत्रै गए।

हामी सबै जाने भनेका थिए तर मलाई अगाडि लगाए। अरू आएनन्।

के गरे प्रहरीले ?
मलाई केही पनि गरेनन्। मसँग केही पनि थिएन।

भएका पुराना लुगाफाटा उता छाडेरै हाम फालेको थिएँ।

एकजना प्रहरीले प्यान्ट दिए अर्कोले ज्याकेट अनि अर्कोले जुत्ता दिए।

चाउचाउ र खानेकुरा खान दिए। किन यसरी नमानेर यता आएको भनेर सोधे। हल्काफुल्का सम्झाए।

अब क्वारन्टीनमा बसेको हो ?
त्यो क्वारन्टीनमा बस्ने आज्ञा मानेर आएको हुँ।

घरका अरूसँग पनि नभेट्नु, क्वारन्टीन तोकेको स्थानमा बस्नु भनेका छन्।

म त्यसै गर्छु। चौध दिनपछि घरभित्र जान्छु। बीबीसीबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending