काठमाडौ । नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ । तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन आफ्ना सम्बन्धित जिल्ला अध्यक्षलाई स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गरेको हो ।
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले परिपत्रमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक जनजीवन कठिन हुने र यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई नियम क्रियाकलापमा सहजीकरण गर्न सबै जिल्ला अध्यक्षलाई आग्रह गरेका हुन् । उनले सबै जिल्ला कार्यसमितिलाई बाहिरी मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए स्थानीय प्रशासनसँग सहयोग लिई गन्तव्यसम्म पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्न निर्देशन दिएका छन् ।
सरकारले लागू गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्न, देशका विभिन्न भू–भागबाट सबै जिल्लामा बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए त्यसको समस्या समाधान गर्न सहयोग गर्न र दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्गलाई निर्वाहका लागि आवश्यक सहयोग गर्न तरुण दलले आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ । खाद्यान्न, तरकारी, दूध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजगता र एकअर्काबीच दूरी कायम गर्न तथा स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्नसमेत अध्यक्ष बस्नेतले परिपत्र गरेका छन् ।
तरुण दलले अति आवश्यक कामबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दूरी कायम गर्न सबैलाई आग्रह गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: