Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भक्तपुरमा विदेशबाट फर्किएकाको नमूना सङ्कलन शुरु, एक सय ४६ जना निगरानीमा

भक्तपुर । भक्तपुरका नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल एक सय ४६ जनाको पहिचान भएसंगै उनीहरुको नमूना सङ्कलन गर्न शुरु भएको हो ।

लगत सङ्कलन गर्नेक्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएका ४१ जनाको पहिचान गरि स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर ट्राभल हिस्ट्री लिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षण गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। विदेशबाट फर्किएकामध्ये शङ्कास्पद पाँच जनाको स्वाव सङ्कलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको तर रिर्पोट आउँन बाँकी रहेको उनले जानकारी दिए ।

त्यसैगरि सूर्यविनायक नगरपालिकाले विदेशबाट फर्किएका ७१ जनाको पहिचान गरेको छ । सूर्यविनायकमा दुईसाता यता अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, मेलेसिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साईप्रस, इण्डोनेसिया, मकाऊबाट फर्किएका २१ महिला र ५० पुरुष गरी कूल ७१ जनाको वडागत लगत सङ्कलन गरी घर भित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । उनले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घर भित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताए ।

त्यसैगरि चाँगुनारायण नगरपालिकामा विदेशबाट फर्किएका १७ जनाको पहिचान गरेको र लगत सङ्कलन गर्ने कार्य जारी रहेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जानकारी दिए । भक्तपुर नगरपालिकाले अहिलेसम्म १७ जनाको लगत सङ्कलन गरेको र यो कार्य जारी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले विदेशबाट फर्किएकाको स्थानीय तहमार्फत लगत सङ्कलन गर्ने क्रम जारी रहेको बताउँदै उनीहरु सबैलाई होम क्वारेन्टाइनमा स्वास्थ्य एवं सुरक्षा निगरानीमा राखिएको जानकारी दिए । पहिचान भएका होम क्वारेन्टाइनमा नबसे तत्कालै पक्राऊ गरिने जानकारी दिँदै उनले स्वास्थ्यमा समस्या आएमा तत्काल स्थानीय तह वा सुरक्षाकर्मीलाई जानकारी गराउने र अस्पताल पठाउने व्यवस्था मिलाइएको बताए ।

विदेशबाट नेपाल फर्किएकाहरुमा कोभिड–१९ को सङ्क्रमण पुष्टि हुन थालेपछि भक्तपुरका चारैवटै स्थानीय तह र सुरक्षा निकायले लगत सङ्कलन एवं निगरानी बढाएको हो ।

१९ जनाको स्वाब सङ्कलन, ११ को नेगेटिभ
यसैबीच विदेशबाट आएकाहरुको भक्तपुुर अस्पतालमार्फत धमाधम स्वाब परीक्षण गर्न शुरु भएको छ । स्थानीय तहको निर्देशनपछि भक्तपुर अस्पतालमा विदेशबाट फर्किएकाको स्वाब सङ्कलन शुरु भएको छ ।

भक्तपुर अस्पतालकी सुपरिटेण्डन डा। सुमित्रा गौतमले सोमबारसम्म १९ जनाको स्वाब सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए । त्यसमध्येमा आइसोलेशनमा भर्ना भएका चारसहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको र आठको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

भक्तपुर अस्पतालमा दुईवटा आइसोलेशन वार्ड बनाए पनि त्यो वार्ड भरिरहने भएपछि अस्पतालले मेडिकल वार्डलाई थप १० शय्याको आइसोलेशन बनाउने भएको छ । प्राइभेट अस्पतालले आइसोलेशन वार्ड तयार पारेका छौ भनेपनि अहिलेसम्म कोरोना शङ्कास्पद विरामीको परीक्षण एवं भर्ना नगरेपछि भक्तपुर अस्पतालमा शङ्कास्पद बिरामीको चाप बढ्न थालेको हो । कोरोना भाइरसको सङ्क्रमणको सम्भावनालाई लक्षित गरी भक्तपुरका नौ अस्पतालमा ३१ शय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेका छन् ।

भक्तपुर अस्पतालमा दुई, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ६, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मध्यपुर, डा। इवामुरा मेमोरियल, भक्तपुर क्यान्सर र काठमाडौं मेडिकल कलेजमा ४÷४ शय्या तथा नागरिक र सिद्धिस्मृति अस्पतालमा २÷२ शय्याका आइसोलेशन वार्ड तयार गरिएको छ ।

निःशुल्क खाद्यान्न वितरण गर्ने
प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण विश्व सङ्कटको भूमरीमा परेको र नेपालमा पनि सङ्क्रमण देखिएकाले सबै संयमित भएर कोरोना फैलिनबाट रोक्नु पर्ने बताएका छन् ।

सूर्यविनायक नगरपालिकामा सोमबार बसेको आकस्मिक बैठकमा पछि बोल्दै उनले सरकारले देशभर खाद्यान्न र अत्यावश्यक बस्तुको अभाव हुन नदिने बताए । कोरोनाको महामारी रोक्न सरकारले चालेको सकारात्मक कदम र जनताको साथ देखेर आत्तिएका भ्रष्ट र विरोधीहरु फेरी जुर्मुराउन थालेको बताउदै उनले यस्ता तत्वको खेलले सरकार नडग्मगाउने उल्लेख गरे । खाद्यान्न, औषधि लगायत कुनै पनि अत्यावश्यक बस्तुको अभाव हुन नदिने र सरकारले स्थानीय तहलाई परिचालन गरेरै भएपनि कसैले भोकै बस्नु पर्ने अवस्था नआउने उनको भनाइ थियो ।

त्यसैगरी कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका क्रममा सूर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिने भएको छ । सरकारले कोभिड— १९ को सङ्क्रमण रोकथामका लागि गरेको लकडाउन अवधिमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नगरपालिकाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय आपूर्ति अनुगमन समिति गठन गरेको छ ।

समितिले वडास्तरमा प्रत्येक घरधुरीको लगत सङ्कलन गर्ने, खाद्य सामग्री तथा अत्यावश्यक सामग्रीको परिमाण पहिचान गर्ने, खाद्य सामग्रीका पसल र स्टक सामानहरुको लगत सङ्कलन गर्ने, सुरक्षा निकायको सहयोगमा खाद्य सामग्री उपलब्ध गराउन आवश्यक समन्वय र आपूर्ति अनुगमन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए ।

त्यसैगरि नगरपालिकाले सामाजिक सङ्घसंस्थाको सहयोगमा नगरस्तरमा एकद्वार प्रणालीबाट निःशुल्क खाद्य सामाग्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिका संयोजक ज्ञवालीले पसलमा खाद्य सामग्री नपुग भएमा नगरपालिकामा प्रतिवेदन पेश गरि जानकारी गराउने, खाद्य पसलमा सुरक्षा सतर्कता अपानाई निश्चित समयमा मात्र सञ्चालन गर्ने, प्रत्येक वडाका विपन्न तथा दैनिक ज्यालादारी मजदूरको पहिचान गरी घरदैलो मै पुगेर कम्तीमा १५ दिनका लागि खाद्यान्न सामग्री निःशुल्क वितरण गरिने जानकारी दिए ।

नगरस्तरीय विपद् व्यवस्थापन कोषलाई कोभिड— १९ नियन्त्रणका लागि परिचालन गर्ने, कोरोनाको लक्षण भएकालाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्ने, लकडाउनको पूर्ण पालना गराउने र सङ्क्रमण फैलिनलाई रोक्ने नीति अवलम्बन गरेको छ । आवश्यक सहयोगका लागि नगरपालिकाले ४६ जनप्रतिनिधिको नाम र सम्पर्क नम्बरसमेत सार्वजनिक गर्दै जनआव्हान गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending