काठमाडौं । इटली र स्पेनमा आइतबार मात्रै १५ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ८ सय २१ को मृत्यु तथा ६ हजार ८ सय नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८० हजार नाघेको छ भने मृतकको संख्या ६ हजार ८ सय ३ पुगेको छ ।
उता, इटलीमा आइतबार ७ सय ५६ को मृत्यु भएको छ भने ५ हजार बढी नयाँ बिरामी फेला परेका छन् ।
योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ भने हालसम्म १० हजार ७ सय ७९ को मृत्यु भइसकेको छ ।
अमेरिकाको अवस्था
अमेरिका आइतबार मात्रै १८ हजार कोरोना संक्रमित बिरामी फेला परेका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय २४ कोरोना संक्रमित फेला परेका छन् भने २ सय ६४ ले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा कोरोना संक्रमतिको अवस्था १ लाख ४२ हजार नाघेको छ भने हालसम्म २४ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
विश्वको अवस्था के
हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ ।
संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् ।
विश्वरभ पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।
प्रतिकृया लेख्नुहोस्: