Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पैसा नभएर भोकै बस्नुपर्यो ? ‘मेट्रो वान’मा कल गर्नुहोस् !

काठमाडौँ । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।

राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनले आफ्नै पहलमा आजदेखि उक्त अभियान शुरु गरेको जानकारी दिए । पहिलो चरणमा दुई सय ५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र आज वितरण गरिने पोखरेलले बताए। मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उनले बताए ।

मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन आदेश जारी गरेको आज छैठौँ दिन हो । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै छ । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ । लकडाउन जति दिन बढ्छ उनीहरुको दैनिकी थप कष्टकर हुँदै जान्छ ।

“मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसा कै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ”, डिआइजी पोखरेलले रासससँग भने, “समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ ।”

कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारवाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्ने छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ । “हाम्रो अभियान भनेको हुँदै नभएका, अलपत्र परेका र किनेर समेत खान नसक्नेका लागि हो, दाताको सहयोग नपाएर सञ्चालनमै समस्या परेका आश्रमका लागि हो”, पोखरेलले थपे । उनका अनुसार आज एनआइसी एशिया बैंकको सहयोगमा झण्डै पाँच लाख बराबरको राहत वितरणको तयारी गरिएको छ । प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो चना, एक किलो नून, आधा लिटर तेल र एक प्याकेट मसला प्याकेजका रुपमा राहत सामग्री वितरण गरिनेछ ।

अन्य बैंकबाट पनि सहयोगमा सहकार्य गर्ने जानकारी आएको र यो कार्यक्रमलाई लकडाउनको अवधिभर निरन्तरता दिने पोखरेलले बताए । उपत्यकाको मातहतका प्रहरीलाई वास्तविक अभाव भएकाको विवरण ल्याउनसमेत भनिएको छ । राहत सामग्री प्रहरी आफैँले सुरक्षित तवरमा वितरण गर्ने जनाइएको छ । यो कार्यक्रम उपत्यकाको तीनै जिल्लामा लागू गरिएको छ ।

पैसा नभएर एक छाक खानबाट कोही पनि बञ्चित नहोउन् भनेर उनीहरुका लागि निःशुल्क खाद्य सामग्री वितरण गर्न लागिएको हो । प्रहरीले अभाव भएकालाई सम्पर्कमा आउन अनुरोधसमेत गरिएको छ । विश्वमा कोरोना भाइसरको महामारी फैलिरहेका बेला नेपालमा अहिलेसम्म पाँच जनामा रोगको सङ्क्रमण भएको पाइएको छ । जोखिम कायमै भएकाले अझै सतर्कता अपनाउनुपर्नेछ । लकडाउन प्रभावकारी देखिए पनि बिहान बेलुका उल्लङ्घन गर्ने क्रम भने रोकिएको छैन । प्रहरीले अहिले त्यस्ता व्यक्तिलाई सडकमै होल्ड गर्न थालेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending