काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन् । एक हप्ताको लकडाउनपछि पनि अवस्था सामान्यतर्फ फर्किने संकेत छैन । यदी संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई नै लम्बाउने सरकारको तयारी भइरहेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यदी लकडाउनको अवधि थप लम्बियो भने घरभित्रै वा बन्द कोठाभित्रै कसरी समय कटाउने त्यसबारे धेरैलाई चिन्ता लागेको हुनुपर्छ । यदी तपाईँ कोठाभित्र हुनुहुन्छ भने शारीरिक अभ्यास गर्न चाहिँ बिर्सनु हुँदैन ।
शारीरिक अभ्यासले तपाईँलाई स्वस्थ राख्नुका साथै होम क्वारेन्टाइनको अवधि कटाउन सहयोग मिल्छ । विश्व स्वास्थ्य संगठनले समेत शारीरिक अभ्यासको महत्वमा जोड दिएको छ । क्वारेन्टाइन जस्तो सिमित अवस्थामा रहँदा सक्रिय बन्नु तपाईँको शरीर र मस्तिष्कका लागि लाभदायी छ ।
सुतिरहनु वा बसिरहनु भन्दा शारीरिक अभ्यास धेरै नै उपयुक्त हुनेछ । विश्व स्वास्थ्य संगठनले एक वयष्क मानिसले हरेक दिन ३० मिनेट शारीरिक व्यायाम वा गतिविधि गर्नु उपयुक्त हुने सल्लाह दिएको छ । साथै बालबालिकाको लागि एक घण्टा । कोरोना महामारीका बेला धेरैले घरभित्रै बसेर काम गरिरहेको अवस्था पनि होला । तर डब्लुएचओले केही बस्ने वा अभ्यास गर्ने केही तरिका सुझाएको छ ।
अनलाइन एक्सरसाइज क्लास
शारीरिक अभ्यास गर्ने तरिका बारे भिडिओहरु तपाईँले सजिलै इन्टरनेटमा भेट्न सक्नुहुन्छ । उच्च कसरतका लागि ३० मिनेट चाहिन्छ । फिटनेसको लागि नियमित तालिका बनाउनु सक्रिय रहने उपयुक्त उपाय हो ।
फिटनेस विज्ञहरुले पनि दैनिक रुपमा शारीरिक अभ्यास गरेका भिडिओ सार्वजनिक गरिरहेका हुन्छन् । त्यस्ता भिडिओले तपाईँलाई उत्प्रेरित गर्नसक्छ ।
नाचगान
नाच्नु आफैँमा रमाइलो त हुँदै हो । एक शारीरिक अभ्यास पनि हो । तपाईँले यस्तो अवस्थामा मनपर्ने संगीतमा नाच्न सक्नुहुन्छ । जसले शरिरको बोसो घटाउनुका साथै रमाइलो पनि हुन्छ ।
भिडिओ गेम
भिडिओ गेम खेल्नाले पनि तपाईँको शारीरिक अभ्यासको तालिकालाई सघाउँछ । शारीरिक अभ्यासयुक्त भिडिओ गेम खेल्दा पनि सक्रिय रहन सकिन्छ ।
स्किपिङ रोप
स्किपिङ रोप सामान्य किसिमको शारीरिक अभ्यास हो । हेर्दा यो सामान्य लागे पनि यसले शरिर र मस्तिष्कलाई सक्रिय राख्ने काम गर्छ । साथै यसका लागि अत्याधिक शारिरीक बल प्रयोग भने हुँदैन । एक खेल जस्तो तरिकाले खेल्न सकिन्छ । यसलाई पनि नियमित तालिका बनाएर खेल्दा शरिर र मस्तिष्क तन्दुरुस्त बन्छ ।
मसल बलियो बनाउनु
घरमा सामान्य उपकरण छन् भने पनि तपाईँ मांशपेशी बलियो बनाउने किसिमका शारीरिक व्यायाम गर्न सक्नुहुन्छ । मसल बढाउने तालिम नै अनलाइन मार्फत लिन सक्नुहुन्छ । लकडाउनको अवधिभर तपाईँ खास तालिका नै बनाउन सक्नुहुन्छ । जसअनुसार शारीरिक व्यायाम र अन्य अभ्यास नियमित गरेरै एक सातासम्म वा दुई सातासम्म हरेक बिहान, साँझ कसरी व्यायाम गर्ने भन्ने आफैँ तय गर्न सकिन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: