Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नियतवश रोग फैलाए १० वर्ष जेल, एक लाख जरिमाना

काठमाडौं । नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिमाना हुने व्यवस्था छ।

आजको नागरिक दैनिकमा खबर छ - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अर्थात् कुनै पनि सरुवा रोग जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित जरिमाना हुनेछ। अपराध संहिताले रोग लागेका व्यक्तिले लापरबाही र हेलचेक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ।

संहिताको दफा १०४ मा संक्रामक रोग फैलाउन नहुने व्यवस्थाअन्तर्गत कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने, फैलिन सक्नेगरी काम गर्न नहुने उल्लेख छ।

अपराध संहिताको दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुनको उल्लंघन गर्न नहुने व्यवस्था छ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ। सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ।

मुलुकमा कोरोना भाइरसको जोखिम बढेपछि संक्रामक रोग ऐन २०२० पनि आकर्षित हुन सक्नेगरी सरकारले लक डाउन गरिसकेको छ। ऐनअन्तर्गत दिइएका आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिना कैद वा सय रुपैयाँ जरिमाना हुने व्यवस्था छ। ऐनमा काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने लेखिएको छ।

सरकारले लक डाउन गरे पनि फौजदारी अपराध संहिता ऐनको कार्यान्वयन गर्न नसकेको अधिवक्ता ज्योति बानियाँ बताउँछन्। उनले भने, ‘सरकार जिरो (०) मृत्युदरतिर लागेको छ। क्वारेन्टाइनबाट भाग्नेलाई कानुन अनुसार कारबाही, सजाय गर्न सकेको छैन।’ उनका अनुसार सरकारले भइरहेको कानुन कार्यान्वयन गरे पुग्छ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालमा संक्रामक रोगसम्बन्धी चाहिएजति कानुन नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी बताउँछन्।

उनका अनुसार २०१० सालमा मातृकाप्रसाद कोइरालाको नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री तथा परराष्ट्रमन्त्री डा.डिल्लीरमण रेग्मीले विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यालय नयाँ दिल्ली गएर सम्झौता गरेपछि नेपाल सो संगठनको सदस्य बनेको थियो। त्यसबेला मुख्यगरी चारवटा बिफर, हैजा, टाइफाइड, प्लेगजस्ता रोगको संक्रमण हुने डर थियो।

डा.मरासिनीका अनुसार त्यसबेला नेपालमा मलेरिया र बिफर थियो, तराईमा औलोबाट २ लाखको मृत्यु हुन्थ्यो भनिन्थ्यो। तर कानुनी रुपमा केही पनि थिएन। विश्व स्वास्थ्य संगठनको सदस्य बनेपछि नयाँ रोग रोकथामसम्बन्धी प्रस्ताव पारित भएपछि ऐन बनाउनुपर्ने बाध्यता नेपाललाई परेको थियो।

‘अहिलेको अवस्थामा हामीसँग भएका कानुनले पुग्दैन। हवाईजहाजमा आइरहेको बिरामीबारे जानकारी गराउने, छुट्टै ठाउँमा राख्नुपर्ने व्यवस्था हुनुपर्छ’, डा.मरासिनीले भने, ‘हेल्थ डेस्कले मात्रै पुग्दैन। हेल्थ डेस्कको लिगल पावर छैन। उनीहरुले पनि क्वारेन्टाइनमा राख्न सक्नेगरी वा नमान्नेलाई जिल्ला प्रशासनमा खबर गर्नेगरी कानुनमा लेखिनुपर्छ।’ आफू महाशाखा प्रमुख हुँदा ऐन संशोधन गर्नुपर्छ भनेर धेरैपटक भन्दा सुनुवाइ नभएको उनले बताए।

उनका अनुसार नेपालमा पनि सरुवा रोग विभाग गठन हुनुपर्छ। इन्टरनेसनल हेल्थ रेगुलेसन तेस्रोपटक संशोधन भइसक्दा पनि हाम्रो कानुन ५५ वर्षसम्म संशोधन हुन नसकेको उनले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending